Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, बैशाख १९, २०८३
☰
Logo शनिबार, बैशाख १९, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आज तपाईंको राशिफल

  • ३. यस्तो छ आजको राशिफल

  • ४. यस्तो रहने छ आजको राशिफल

  • ५. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ६. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ७. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ८. बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै हिँडेका वृद्ध मृत फेला

  • ९. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • १०. चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

तरकारी बजारले बदलियो फिस्लिङको पहिचान

भरतपुर, १ भदौ
पृथ्वी राजमार्गसँगै जोडिएको चितवनको इच्छाकामना गाउँपालिका–३ को फिस्लिङ बजार जलयात्रामा जाने पर्यटकको अलि भिडभाड हुने ठाउँ मानिन्छ । विस्तारै यो ठाउँमा अहिले पर्यटकलेभन्दा तरकारी उत्पादक किसानको भिडभाड हुने गरेको छ । यतिबेला वर्षायाम हुँदा राजमार्गसँग जोडिएका कतिपय बजार चकमन्न हुँदा फिस्लिङ बजारमा भने बिहानैदेखि चहलपहल हुने गर्दछ । तरकारी सङ्कलन केन्द्रका रुपमा चिनिएको फिस्लिङमा किसान बिहानैदेखि तरकारी र फलफूल बिक्रीका लागि आउने गरेका छन् भने किन्न आउने व्यापारीको लाइन लाग्ने गरेको छ ।

गाउँमा किसानले व्यावसायिकरुपमा लगाएको तरकारी यहाँ बिक्री गर्न ल्याउँछन् । चितवन, गोरखा, धादिङ र तनहुँका किसानको कृषिजन्य उत्पादन यहाँको बजारबाट बिक्री हुने गर्छ । चितवनको इच्छाकामना गाउँपालिका, गोरखाको गण्डकी र सहिद लखन गाउँपालिका, धादिङको बेनिघाट रोराङ गाउँपालिका र तनहुँको आँबुखैरेनी गाउँपालिकाका किसानले उत्पादन गरेको तरकारी यहाँ ल्याउने गरिएको छ ।

इच्छाकामना गाउँपालिका–३ तल्लो डुडेका ज्ञानबहादुर प्रजाको तरकारी बिक्री गर्ने ठाउँ फिस्लिङ बजार नै हो । उहाँ आफूले व्यावसायिकरुपमा लगाएको तरकारी बिक्रीका लागि नियमित रुपमा यस बजारमा आउने गर्नुहुन्छ । तरकारीले नै जीवनमा परिवर्तन ल्याएको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “मकै र कोदो लगाउँदा त्यति आम्दानी हुँदैनथ्यो, अहिले तरकारीबाट राम्रो आम्दानी भएको छ ।” उहाँले यतिबेला तीन कट्ठामा जमिनमा गोलभेँडा लगाउनुभएको छ । अहिले गोलभेँडाको भाउ पनि उच्च छ । आफ्नो उत्पादनले राम्रो भाउ पाएपछि उहाँ खुसी हुनुहुन्छ ।

गोलभेँडा बेच्न फिस्लिङ झर्नुभएका चेपाङ हालसम्मकै उच्च मूल्य पाएको बताउनुभयो । उहाँसँगै गाउँका अन्य किसानले पनि व्यावसायिकरुपमा तरकारीखेती गरेका छन् । अहिले गाउँगाउँमा यातायातको सुविधा पुगेको छ । गाडीमार्फत नै किसान तरकारी फिस्लिङ पठाउँछन् । “मनकामनाबाट भाडामा ल्याएर बोलेरो चलाएका छौँ । हाम्रो कृषि समूह छ”, उहाँले भन्नुभयो, “समूहलाई आधा रकम उपलब्ध गराउने हो भने हामी किन्ने थियौँ ।” उहाँले सरकारले अनुदानमा कृषि समूहलाई एउटा गाडी उपलब्ध गराए किसानलाई सहज हुने बताउनुहुन्छ ।

फिस्लिङ सङ्कलन केन्द्रमा मध्यस्थकर्ताको भूमिका यहाँ सहकारी र व्यवसायीले गरेका छन् । किसानले उनीहरुलाई काँटा गरे बापत प्रतिकिलो दुई रुपैयाँ दिने गर्दछन् । व्यापारीहरु तरकारी लिन काठमाडौंँ, पोखरा, नारायणगढ, बुटवललगायतका ठाउँबाट आउने गर्छन् । साना किसान कृषि सहकारी संस्था लिमिटेड दाह्रेचोकका संस्थापक डम्बरबहादुर गुरुङ २०५७ सालदेखि यहाँ तरकारी सङ्कलन केन्द्र स्थापना भएको बताउनुहुन्छ । केन्द्र स्थापना भएपछि अन्यत्र लगेर बिक्री गर्नुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो । “मैले आफैँ सुन्तलाखेती गरेको छु”, उहाँले भन्नुभयो, “यही बजारमा बिक्री गरेर वार्षिक १० लाख रुपैयाँसम्म कमाउने गरेको छु ।” उहाँले काम गर्ने किसानका लागि सङ्कलन केन्द्रले धेरै राहत प्रदान गरेको बताउनुभयो । विगतको सम्झना गर्दै उहाँले भन्नुभयो, “सुनसान ठाउँ तरकारी सङ्कलन केन्द्रकै कारण चम्किएको छ ।”

यहाँ नजिकबाट मात्र नभई टाढाटाढाबाट पनि किसान तरकारी बिक्रीका लागि आउने गरेका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित जोगिमाराका लोकनाथ डल्लाकोटीले तरकारी बिक्रीका लागि फिस्लिङ नै झर्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । “यावसायिकरुपमा तरकारी खेती गर्न थालेको २० वर्ष पुग्यो”, उहाँले भन्नुभयो, “गाउँमा बजारीकरणको समस्या छ, बजार नै झर्नुपर्छ ।” उहाँले दुई रोपनीमा तरकारी खेती गर्दै आउनुभएको छ । विगतमा उहाँले काठमाडौंँ र नारायणगढसम्म तरकारी बिक्रीका लागि लैजाने गर्नुहुन्थ्यो । अहिले त्यो बाध्यता भने हटेको छ । यही व्यवसायबाट उहाँले छोराछोरीलाई उच्च शिक्षा पढाउनुभएको छ ।

बेनीघाट रोराङका विष्णु प्रजाको पनि तरकारी बिक्री गर्ने बजार फिस्लिङ नै हो । आफ्नै बारीमा उहाँले तरकारी खेती गर्दै आउनुभएका प्रजाले उत्पादन हुनासाथ फिस्लिङ बजार ल्याउनुहुन्छ । फिस्लिङमा तरकारी तथा फलफूल सङ्कलन केन्द्र स्थापना भएपछि व्यावसायिक तरकारी खेती गर्न थालेको उहाँँ बताउनुहुन्छ । उहाँको परिवार यही तरकारी खेतीले राम्रोसँग चलिरेको छ । उहाँ मात्र होइन, खोरिया खनेर जीविकोपार्जन गर्दै आएका चेपाङ समुदायका मानिस व्यावसायिक बन्दै गइरहेका छन् । उनीहरु पनि यही बजारमा आफ्नो उत्पादन लिएर बिक्रीका लागि आउने गरेका छन् । फिस्लिङ राजमार्गसँगै जोडिएका कारण यहाँ यात्रा गर्ने यात्रुहरुले पनि सवारीसाधन रोकेर तरकारी तथा फलफूल किन्ने गरेका छन् ।

इच्छाकामना गाउँपालिकाले तरकारी सङ्कलन केन्द्रका लागि भवनसमेत निर्माण गरेको छ । अहिले भवनमा रहेका सटरमा पाँचवटा तरकारी सङ्कलन केन्द्र सञ्चालन भइरहेका छन । मौसममा यस तरकारी सङ्कलन केन्द्रबाट २० ट्रक तरकारी बिक्री हुने गरेको वडा नं ३ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता नरबहादुर नेपालले बताउनुभयो । “यस केन्द्रले यस क्षेत्रका मानिसहरुलाई कृषिले जीविकोपार्जनमा धेरै सहयोग पु¥याएको छ । “विगतमा मकै र कोदो मात्र लगाउँदा त्यति आम्दानी हुँदैनथ्यो । आजभोलि तरकारी खेतीबाट राम्रो आम्दानी भएको छ”, उहाँले भन्नुभयो, “यहाँ मौसममा २० र बेमौसममा कम्तीमा पाँच ट्रक तरकारी यस बजारबाट बिक्री हुने गरेको छ ।” यहाँका किसानले सुन्तला, नास्पती, कागतीलगायतका फलफूल समेत यहाँ नै ल्याएर बेच्छन् । चितवन, गोरखा र धादिङका २० हजारभन्दा बढी किसानले उत्पादन गरेको तरकारी यहाँ आउने गर्दछ । यस सङ्कलन केन्द्रबाट मासिक ५० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाले किसानको उत्पादन र बजारीकरणका लागि सहयोग गरिरहेको छ । गतवर्ष वडा नं २ को हपनी कृषि समूहलाई तरकारीको बजारीकरणका लागि कृषि एम्बुलेन्स उपलब्ध गराएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । उहाँले यो वर्ष थप दुई समूहलाई कृषि एम्बुलेन्स खरिद दिने योजनामा गाउँपालिका रहेको बताउनुभयो ।

यहाँ एक करोड लगानीमा सुविधा सम्पन्न सङ्कलन केन्द्र निर्माण हुँदैछ । सङ्कलन केन्द्रको भवनभित्रै करिब २५ टन अट्ने शीतभण्डारसमेत निर्माण भएको छ । गाउँपालिकाले शीतभण्डार सञ्चालनका लागि कार्यविधि निर्माण गरिरहेको भन्दै गाउँपालिका अध्यक्ष गुरुङले यसै वर्षबाट सञ्चालनमा आउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “साना किसानलाई शीतभण्डार सञ्चालनको जिम्मा दिन लागेका छौँ, न्यूनतम् मूल्यमा किसानले शीतभण्डारको उपभोग गर्न पाउनेछन् ।”

उहाँले शीतभण्डार सञ्चालनमा आएसँगै किसानको उत्पादन बिक्री भएन भनेर चिन्ता लिनुपर्ने अवस्था नरहने बताउनुभयो । शीतभण्डार नहुँदा अहिले किसानहरुले आफ्नो उत्पादन सस्तो मूल्यमा दिनुपर्ने बाध्यता छ । सहकारीमार्फत तरकारी सङ्कलन गरेपछि मध्यस्तकर्ताले राख्ने प्रतिकिलो दुई रुपैयाँलाई घटाउन सकिने अध्यक्ष गुरुङले बताउनुभयो । “सहकारीमार्फत ५० पैसामा झार्ने लक्ष्य राखेका छौँ”, उहाँले भन्नुभयो, “यो काम दुई महिनाभित्र गर्दछौँ ।”

पालिकाले इच्छाकामनाका गाउँगाउँमा तरकारी उपसङ्कलन केन्द्रसमेत स्थापनाको तयारी गरेको छ । हात्तीबाङ, काउले, मायाटार, दाह्रेचोक र जलबिरेमा उपसङ्कलन केन्द्र स्थापना गरिने उहाँको भनाइ छ । एउटा सङ्कलन केन्द्रलाई करिब रु १० लाख लागत लाग्ने उहाँले बताउनुभयो । यसका लागि वडागत रुपमा बजेट समेत विनियोजन भइसकेको छ । इच्छाकामना गाउँपालिका–१ को हात्तीबाङ क्षेत्र, वडा नं २ को हपनी, मायाटार, काउले क्षेत्र, वडा नं ३ को सबै क्षेत्र, वडा नं ५ को तामिन, साठीमुरे, पामडाँडामा तरकारी र फलफूल खेती हुने गरेको छ । यी सबै ठाउँमा अहिले यातायातको व्यवस्था पुगिसकेको गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष गुरुङले पालिकाले किसानले उत्पादन गरेको वस्तुको मूल्यमा एकरुपता ल्याउनका लागि काम गरिरहेको बताउनुभयो । उहाँले उत्पादनका आधारमा किसानलाई अनुदान दिन समेत सहज हुनेछ भन्नुभयो । उहाँले पालिकाले आव २०८०÷८१ मा कृषि क्षेत्रलाई प्राथमितामा राखेको भन्दै डेढ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिनुभयो । यसले ग्रामीण क्षेत्रमा बस्ने पिछडिएका खासगरी चेपाङ समुदायको पनि जीवनस्तर उकासिने उहाँको विश्वास छ ।

Chitwan Aaja चितवन आज
शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम
सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश
घरधनीले लालपूर्जा देखाएपछि रोकिएको डोजरले थाल्यो भत्काउन, मापदण्ड मिचेको निष्कर्ष

ताजा समाचार

सबै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

घरधनीले लालपूर्जा देखाएपछि रोकिएको डोजरले थाल्यो भत्काउन, मापदण्ड मिचेको निष्कर्ष

रोल्पामा जिप दुुर्घटनापछि सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता

क्युबालाई तुरुन्तै ‘कब्जा’ गर्ने ट्रम्पको चेतावनी

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

तीन दशकपछि पनि मौका परीक्षा दिन पाइने

नवलपरासीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

सुनसरीमा दुर्घटना हुँदा सिटी र साइकल चालककाे मृत्यु

यस्तो छ आज तपाईंको राशिफल

बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै हिँडेका वृद्ध मृत फेला

नागरिकसँग युद्ध अपराधीजस्तो व्यवहार गर्न मिल्दैन : गगन थापा

राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने

दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले

चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • २.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ३.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ४.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ५.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ६.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ७.
    सुनको मूल्य फेरि घट्यो

  • ८.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ९.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १०.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • ११.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • १२.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आज तपाईंको राशिफल

  • ३.
    यस्तो छ आजको राशिफल

  • ४.
    यस्तो रहने छ आजको राशिफल

  • ५.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ६.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.