काठमाडौं चैत ९
मकवानपुरको थाहा नगरपालिका–८, चौतराबाट प्रहरीले १०८ किलो अवैध लागुऔषध गाँजासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने ५७ वर्षीय लालबहादुर घलानको घरबाट ४५ किलो र उनकै भाइ शेरबहादुरको घरबाट ६३ किलो गाँजा बरामद गरिएको हो । लालबहादुरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। शेरबहादुर भने फरार छन् ।
आफ्नै घरमा लागुऔषध गाँजा बिक्री वितरण गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूका् घरबाट उक्त लागुऔषध फेला पारिएको प्रहरीले जानकारी दिएको छ ।











