Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, बैशाख १९, २०८३
☰
Logo शनिबार, बैशाख १९, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आज तपाईंको राशिफल

  • ३. यस्तो छ आजको राशिफल

  • ४. यस्तो रहने छ आजको राशिफल

  • ५. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ६. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ७. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ८. बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै हिँडेका वृद्ध मृत फेला

  • ९. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • १०. चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

भ्युज र कमेन्टको लोभमा निर्माताको करोडौँ रुपैयाँ जोखिममा

काठमाडौं फागुन २३
वि।सं। २०७० सालमा चलचित्र ‘छ एकान ६’ पाइरेसी भयो । निर्माता त्यसको मारमा परे । चलचित्र पाइरेसी हुँदा त्यसको असर हलमा दर्शक नजाँदा सिनेमा हल, निर्माता र वितरकलाई त पर्छ नै । डिजिटल राइट्स किन्ने कम्पनीरव्यक्तिलाई पनि असर पर्छ । चलचित्र पाइरेसी भएपछि ओभरसिज मार्केट करिब–करिब ठप्प प्रायः हुन्छ ।

०७३ मा ‘छ एकान ६’ टिमकै चलचित्र ‘छक्का पञ्जा’ रिलिज भयो । उक्त चलचित्र पनि पाइरेसी भयो । पाइरेसीको मारमा परेका निर्माता तथा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले प्रहरीमा उजुरी गर्‍यो । प्रहरीले ‘छक्का पञ्जा’ फेसबुकमार्फत सार्वजनिक गर्ने कृष्ण सुवेदीसहित चार युवकलाई पक्राउ पनि गर्‍यो ।

पाइरेसीको कानुन आकर्षित हुँदा हुने कारबाहीलगायत समाचार सञ्चारमाध्यम र युट्युबमा छ्यापछ्याप्ती आएपछि सुवेदीले आत्महत्या गरे । त्यसपछि दीपक–दीपा आलोचनाको सिकार भए । चर्को आलोचनापछि दीपकले फेसबुकमा लेखेको लामो स्टाटसको एउटा अंश यस्तो थियो, ‘उजुरी गरेँ । व्यक्ति समातियो पनि । कारबाही गर्नुपर्ने तर एउटा गरिब मजदुरी गरेर खाने परिवारको केटा परेछ । उसको आमालाई देखेर आफ्नै आँखामा आँसुु आयो । प्रहरीलाई अनुरोध गरेर आइन्दा यस्तो नगर भनेर छोडिदियौँ । अपराध महाशाखा प्रमुख सर्वेन्द्र खानल र मैले पाइरेसी गरे पनि पैसा कमाउने नियतमा पाइरेसी भएको देखिन्न, त्यसैले कारबाही नगरौँ, केटाहरूको भविष्य बिग्रिन्छ भनेर सामान्य तारिखमा छोडियो ।’

दीपकले पटक–पटक भन्दै आएका छन्, ‘कृपया यस्ता सामग्री हात पर्दा नहेर्नु राम्रो । हेरे पनि सेयर वा ट्याग नगरौँ । त्यसले तपाईंको पनि भविष्य बिग्रन सक्छ, साइबर एक्टले समात्छ ।’

दीपकराज गिरी वा उनीजस्ता धेरै चलचित्रकर्मीले ‘पाइरेसी नगरौँ र पाइरेसीबाट आफूसम्म आइपुगेको सामग्री सकेसम्म नहेरौँ, हेरे पनि अरूलाई नदेखाऔँ’ भनिरहेका हुन्छन् । तर, जसले जतिसुकै आग्रह गरोस्, पाइरेसी हुने क्रम रोकिएको छैन । बरु, झन् बाक्लिएको छ ।

यति बेला ‘छक्का पञ्जा–४’ हलमा प्रदर्शन भइरहेको छ । हलमा दर्शकको ठूलो उपस्थिति पनि छ । तर, ‘छक्का पञ्जा–४’ का क्लिप्स सामाजिक सञ्जाल टिकटकमा ‘भाइरल’ भइरहेका छन् । छोटा दृश्यदेखि लामा–लामा सिन टिकटकमा हेर्न सकिन्छ । टिकटकमा उपलब्ध सिन हेर्दा ‘छक्का पञ्जा–४’ कस्तो चलचित्र हो, मजाले बुझिन्छ ।

त्यसो त दीपक–दीपा मात्र होइन, चलचित्र पाइरेसीको मारमा पर्ने थुप्रै सिनेकर्मी छन् । बिग बजेटमा ठूलो अपेक्षा गरेर निर्माण गरिएको चलचित्र ‘फन्को’ रिलिजअगाडि नै पाइरेसी भएको थियो । जसको मारमा यसका निर्माता परे नै ।

आठ वर्षअगाडिको ‘हिट’ चलचित्र ‘पशुपतिप्रसाद’ हलमा प्रदर्शन भइरहेका बेला पाइरेसी भयो । चलचित्र लोकप्रिय भयो । दर्शक र समीक्षक दुवैबाट तारिफ बटुलेको सिनेमा पाइरेसीकै कारण हलमा राम्रोसँग चल्न पाएन ।

यसको सिलसिला यतिमै रोकिँदैन । गएको जेठमा रिलिज भएको चलचित्र ‘कबड्डी–४’ पनि हलमा प्रदर्शन भइरहेका बेला ‘लिक’ भयो । युट्युबमा पूरै चलचित्र लिक भएपछि निर्माण पक्षलाई टाउको दुखाइ बनेको थियो । चलचित्र ‘प्रेम गीत’ पनि पाइरेसी हुँदा निर्माण पक्ष प्रहरीसमक्ष पुगेको थियो ।

सामाजिक सञ्जालको अधिक प्रयोगअघि निर्माण युनिटकै लापरबाहीका कारण युट्युबमा सिनेमा लिक हुने गरेका थिए । अहिले भने सामाजिक सञ्जालका प्रयोगकर्ता यसमा सक्रिय हुने गरेका छन् ।

“पछिल्लो समय निर्माण पक्ष सचेत हुँदा कलाकार तथा निर्माणसँग सम्बन्धित व्यक्तिबाट भने चलचित्र लिक हुने क्रम रोकिएको छ,” निर्देशक दीपेन्द्र के खनाल भन्छन्, “तर, अहिले हलमा सिनेमा हेर्न गएका दर्शकले मोबाइलबाट खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको पाइएको छ ।”

यसरी हुने पाइरेसी नियन्त्रणका लागि सिनेमाघर नै सबैभन्दा बढी जिम्मेवार हुनुपर्ने उनी बताउँछन् । टिकट हेरेर सिटमा दर्शक राख्ने व्यक्तिले बीचबीचमा ‘चेक’ गरेको खण्डमा टिकटक र फेसबुकमा सिनेमा आउने क्रम कम हुने उनको भनाइ छ ।

“सिनेमा चलिरहेका बेला सिटमा दर्शक राख्ने सिनेमाघरको व्यक्तिले चेक गरेर कसैले सिनेमा खिचिरहेको छ कि छैन भनेर चेक गर्नुपर्ने अवस्था देखिएको छ,” उनी अगाडि थप्छन्, “सिनेमा खिच्दा मोबाइलको लाइट बल्ने भएकाले सहजै कसले खिचिरहेको छ भन्ने पत्ता लगाउन सकिने भएकाले पनि यसलाई नियन्त्रण गर्न सकिन्छ ।”

युट्युबमा अपलोड गरिएको भिडियो कपिराइट ‘क्लेम’ गरेर हटाउन सकिए पनि टिकटकमा अप्ठ्यारो हुने उनी सुनाउँछन् । पाइरेसीको मारमा आफू पनि परेको स्मरण गर्दै दीपेन्द्र भन्छन्, “पशुपतिप्रसाद हलमा चलिरहेका बेला पाइरेसी भयो । त्यसको असर हलमा त पर्‍यो नै । त्यसले हाम्रो ओभरसिज मार्केट त डामाडोल पारिदियो,” दीपेन्द्र भन्छन्, “हामीले ओभरसिज मार्केटबाट लिएको करिब एक करोड रुपैयाँ सिनेमा लिक भएपछि फिर्ता गर्नुपरेको थियो । थुप्रै ठाउँमा डिल भइरहेका बेला लिक हुँदा बिक्री नै गर्न पाइएन ।”

यसपटक चलचित्र ‘पशुपति प्रसाद–२ भष्मे डन’ सुरु हुनुभन्दा अगाडि हरेक शोमा कलाकारले पाइरेसी नगरिदिन आग्रह गर्नेछन् । छोटो भिडियोमार्फत चलचित्रका कलाकारले सिनेमा हलमा ‘क्लिप्स’ मोबाइलमा नखिच्न आग्रह गर्नेछन् । यसले केही प्रभावकारिता सिर्जना गर्छ भन्ने निर्देशक दीपेन्द्रको विश्वास छ ।

केही समयअगाडि रिलिज भएको आफ्नो चलचित्र ‘के घर के डेरा’ पनि युट्युबमा पाइरेसी भएको उनी बताउँछन् । टिकटकमै चलचित्रका क्लिप्स हेरेर रमाइलो मान्ने पनि धेरै व्यक्ति रहेको उनी बताउँछन् ।

युट्युबमा अनधिकृत रूपमा ‘छक्का पञ्जा–४’ का क्लिप्स आउन थालेपछि युट्युब कम्पनी ओएसआर डिजिटलले साइबर ब्युरोमा उजुरी दिएको छ । “टिकटकमै पार्ट–१, पार्ट–२ गर्दै १०र१२ वटासम्म पार्ट टिकटकमा राख्ने गरेको पाइएपछि हामी साइबर ब्युरोमा गएका हौँ,” ओएसआरका व्यवस्थापक रुपेन्द्र खड्गी भन्छन्, “आगामी दिनमा यसो गर्न नहुने रहेछ भनेर व्यक्तिमा चेतनाको विकास होस् र कानुन आकर्षित गरेर कारबाही होस् भनेर पनि हामी साइबरमा ब्युरोमा गएका हौँ ।”

पार्ट–पार्ट गरेर सिनेमा आउँदा त्यसको नकारात्मक असर व्यापारमा पर्ने गरेको उनी सुनाउँछन् । “दुईरचार सेकेन्डको क्लिप्स आउँदा त प्रोमोसन हुँदा त प्रोमोसन नै हुन्छ । तर, पार्ट–पार्ट गरेर ९० प्रतिशतसम्म सिनेमा आउँदा त्यसको नकारात्मक असर पर्ने गरेको छ,” रुपेन्द्र भन्छन्, “यति धेरै सिनेमा लिक हुन थाल्यो, सिनेमाको स्टोरी नै रिविल हुन थालेपछि सिनेमा हेर्न जानेलाई पनि रमाइलो हुँदैन ।” सिनेमा हेरेर मनोरञ्जन लिनुपर्नेमा मोबाइलमा खिच्नेतर्फ दर्शक लागेको उनको गुनासो छ ।

‘छक्का पञ्जा–४’ का कार्यकारी निर्देशक समेत रहेका निर्मल शर्मा व्यापारमै असर गर्ने गरी टिकटकमा क्लिप्स आएको भन्दै यसलाई हटाउने काम भइरहेको बताउँछन् । “हामी टिकटकमा आएका भिडियो हटाउने काम गरिरहेका छौँ । अहिलेसम्म २०० वटा भिडियो हटाइसक्यौँ,” निर्मल भन्छन्, “बाँकी भिडियो पनि हटाउने काम भइरहेको छ ।”

रुपेन्द्र नयाँ प्रविधि, नयाँ प्लेटफर्म भएकाले केही समय लाग्ने बताउँछन् । यद्यपि, टिकटकले राम्रो रेस्पोन्स गरिरहेको उनले जानकारी दिए ।

टिकटकमा रहेका ‘छक्का पञ्जा–४’ का भिडियो दुबईबाट हटाउने काम भइरहेको निर्मल बताउँछन् । “सबैभन्दा पनि पहिला त सामाजिक सञ्जालका प्रयोगकर्ता नै सचेत हुनुपर्‍यो, जो सामान्य भ्युज र कमेन्टका लागि यो गैरकानुनी काम गरिरहेका छन्,” निर्मल अगाडि थप्छन्, “हाम्रो करोडौँ लगानी र एक वर्षभन्दा धेरै दर्जनौँले गरेको मिहिनेतको संवेदनशीलतालाई पनि ख्याल गरिदिनुपर्छ भन्ने हाम्रो आग्रह हो ।”

भ्युज तथा कमेन्टको लोभमा अरूको करोडौँ लगानी र मिहिनेतलाई जोखिममा नपारिदिन उनको आग्रह छ । यसको रोकथाम गर्न सिनेमा हलले आफ्नो जनशक्ति परिचालन गर्नुपर्नेमा उनको जोड छ ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, फागुन २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम
सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश
घरधनीले लालपूर्जा देखाएपछि रोकिएको डोजरले थाल्यो भत्काउन, मापदण्ड मिचेको निष्कर्ष

ताजा समाचार

सबै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

घरधनीले लालपूर्जा देखाएपछि रोकिएको डोजरले थाल्यो भत्काउन, मापदण्ड मिचेको निष्कर्ष

रोल्पामा जिप दुुर्घटनापछि सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता

क्युबालाई तुरुन्तै ‘कब्जा’ गर्ने ट्रम्पको चेतावनी

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

तीन दशकपछि पनि मौका परीक्षा दिन पाइने

नवलपरासीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

सुनसरीमा दुर्घटना हुँदा सिटी र साइकल चालककाे मृत्यु

यस्तो छ आज तपाईंको राशिफल

बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै हिँडेका वृद्ध मृत फेला

नागरिकसँग युद्ध अपराधीजस्तो व्यवहार गर्न मिल्दैन : गगन थापा

राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने

दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले

चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • २.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ३.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ४.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ५.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ६.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ७.
    सुनको मूल्य फेरि घट्यो

  • ८.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ९.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १०.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • ११.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • १२.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आज तपाईंको राशिफल

  • ३.
    यस्तो छ आजको राशिफल

  • ४.
    यस्तो रहने छ आजको राशिफल

  • ५.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ६.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.