Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, बैशाख २७, २०८३
☰
Logo आइतबार, बैशाख २७, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

लोकप्रिय समाचार

  • १. यस्तो रहने छ आजको राशिफल

  • २. चितवनमा चक्कु प्रहारबाट एक युवकको मृत्यु

  • ३. यस्तो छ आजको राशिफल

  • ४. वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर–चितवनमा “प्राथमिक उपचार अभिमुखिकरण कार्यक्रम” सम्पन्न

  • ५. फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला चितवनमा, महासंघ गठनको तयारी तीव्र

  • ६. व्यवसायीलाई रवि लामिछानेको आश्वसन : नेताको ढोका चहार्नुपर्दैन, आर्थिक अपराधमा थुनेर आतंकित बनाउँदैनौं

  • ७. सीएमसीले हेटौंडामा नयाँ अस्पताल ‘सीएमसी हेटौंडा’ बनाउने

  • ८. मोबाइल नम्बर नदिएपछि युवतीलाई गोप्य अङ्ग देखाउने युवक पक्राउ

  • ९. चितवन राष्ट्रिय निकुञ्जमा जुधेर बाघको मृत्यु

  • १०. ‘सुरक्षा निकाय नै असुरक्षित हुँदा नागरिकको सुरक्षा चुनौतीपूर्ण’

ऊर्जा क्षेत्रमा पनि जलवायु परिवर्तनको असर

काठमाडाँै, २१ चैत-
जलवायु परिवर्तनको जोखिम बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर नेपालमा समेत परेको छ । विशेषगरी हिमाली क्षेत्रमा बढ्दै गएको तापक्रमका कारण हिउँ पग्लनेक्रम उल्लेख्यरुपमा बढेको छ । खडेरी बढ्दै गएको छ भने पानीका मूल सुक्दै गएका छन् ।

अतिवृष्टि, खण्डवृष्टि जस्ता कारणले वातावरणीय जोखिम पनि उत्तिकै वृद्धि भएको छ । यस्तो अवस्थामा नेपालको ऊर्जा क्षेत्रसमेत नराम्ररी प्रभावित भएको छ । गत असारमा गएको बाढीका कारण झण्डै रु तीन अर्ब बराबरको क्षति भएको थियो । ऊर्जा क्षेत्रमा पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्ने हो भने झण्डै रु १० अर्ब बराबरको क्षति भएको छ ।

यस सन्दर्भमा जलविद्युत् आयोजना निर्माण गर्दा वातावरणीय पक्षलाई पनि उत्तिकै ध्यान दिनुपर्ने मत जबर्जस्तरुपमा उठेको छ । जलविद्युत् प्रवद्र्धकले आयोजनाको विकास गर्दा वातावरणीय अध्ययन र समाजिक व्यवस्थापनमा संवेदनशील हुनुपर्ने आवश्यकता बढेर गएको छ ।

शनिबारदेखि राजधानी काठमाडौँमा तेस्रो हिमालयन हाइड्रो एक्स्पो चलिरहेको छ । नेपालको ऊर्जा क्षेत्रमा नवीनतम् प्रविधि भित्र्याउने र लगानीका नयाँ अवसरको खोजी गर्ने उद्देश्यका साथ आयोजित सो कार्यक्रममा जलवायु परिवर्तन र त्यसले ऊर्जा क्षेत्रमा परेको प्रभावका बारेमा समेत महत्वपूर्ण छलफल भएको छ ।

जलवायु परिवर्तन, वातावरणीय अध्ययन तथा सामाजिक व्यवस्थापनसम्बन्धी छलफलमा सहभागीले जलविद्युत् आयोजनामा हुने लगानीको दिगो प्रतिफल सुनिश्चिताका लागि पनि वातावरणीय पक्षलाई विशेष ख्याल गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत मनिषराज पाण्डेका अनुसार जलवायु परिवर्तनको असर वर्तमानमा मात्र नभएर भविश्यका लागि थप चुनौतीपूर्ण हुने देखिएको छ ।

नेपालका अधिकांश जलविद्युत् आयोजना पहाडी क्षेत्रमा निर्माण हुने वा निर्माण हुने क्रममा रहेकाले ती क्षेत्र नै बढी संरक्षण गर्नुपर्ने क्षेत्रका रुपमा देखिएको उहाँको भनाइ छ । संरक्षण गर्नुपर्ने क्षेत्रमै आयोजना धेरै हुँदा विकास र वातावरणलाई सन्तुलितरुपमा लैजानुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

“हामीले जलचर संरक्षण गर्न पनि त हामीले हेर्नुपर्छ, विगतका पाठका आधारमा आगामी दिनमा कार्ययोजना बनाउनुपर्ने महसुस हामीले गरेका छौँ, एकीकृत जलउपयोग नीतिअनुसार नदी बेसिनमा आधारित विद्युत् विकासमा जाँदा जलको उचित व्यवस्थापनका साथ साथै सामाजिक आर्थिक वातावरणीय कुरामा संवेदनशील बन्नैपर्छ”, उहाँले भन्नुभयो ।

सानिमा हाइड्रोका प्रमुख लगानीकर्ता डा सुवर्णदाश श्रेष्ठले वातावरणीय सामाजिक विषयवस्तुलाई प्राथमिकतामा नराखेकै कारण क्षति भोग्नुपरेको दृष्टान्त पेश गर्नुभयो । “अब जलविद्युत्मा लगानी मात्र सोच्ने होइन वातावरण सामाजिक व्यवस्थापनमा पनि सोच्नुपर्छ, जलवायु परिवर्तन, आयोजनाको दिगोपन, स्थानीय सहभागितामा जान सकेमात्र हाम्रा आयोजना र त्यसको प्रतिफल दिगो हुनेछ”, उहाँले भन्नुभयो ।

वातावरणीय व्यवस्थापनमा वृक्षरोपणका लागि क्षेत्र पहिचान र विस्तार गर्न सरकारी कार्यशैलीमा सुधार गर्नुपर्ने उहाँको मत छ । उहाँले भन्नुभयो, “आयोजना बनाउँदा वृक्षरोपण कहाँ गएर गर्ने जमिन नै पाएका छैनौँ, हामी बिरुवा हुर्काउन तयार छौँ, नेपालको नाङ्गा डाँडा दिनुस् न हामी खुसीसाथ गर्न तयार छौँ, तर हामी आयोजनास्थल नजिकै किन्दै जाने कुराको समीक्षा गरौँ ।”

विशेषगरी जलविद्युत् क्षेत्र आफँैमा बढी प्राविधिक विषय भए पनि यसमा वातावरणीय पक्षलाई ख्याल नगर्दा बढी समस्या खडा भएको छ । कतिपय प्रवद्र्धकले लाइसेन्समात्र बोकेर लगानी गर्न खोज्दा सफल नभएको दृष्टान्त पनि उत्तिकै छ ।

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्दै आएको अग्रणी बैंक एनएमबीले पछिल्ला दिनमा वातावरणीय पक्षलाई पनि उत्तिकै ध्यान दिएको छ । सो बैंकले हालसम्म ४५ आयोजनामा लगानी गरिसकेको छ । बैंकका प्रतिनिधि शरद् तुलाधरले वातावरण र समाजिक पक्षलाई व्यवस्थित गर्न सरकारी निकायको सकारात्मक भूमिकाको जरुरी रहेको बताउनुभयो । -रासस

 

Chitwan Aaja चितवन आज
सोमबार, चैत २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चितवनमा सडक किनारका जोखिमयुक्त रुख हटाउँदै वन कार्यालय
रौतहटमा लागुऔषध नियन्त्रण एवं सुधार अभियान सञ्चालन
एमाले–कांग्रेस सहकार्य तत्काल टुट्दैन: गगन थापा

ताजा समाचार

सबै

कर्मचारीद्वारा चितवनको क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवनमा सडक किनारका जोखिमयुक्त रुख हटाउँदै वन कार्यालय

रौतहटमा लागुऔषध नियन्त्रण एवं सुधार अभियान सञ्चालन

एमाले–कांग्रेस सहकार्य तत्काल टुट्दैन: गगन थापा

मेची राजमार्गको माइखोला–राजदुवाली खण्डमा सास्ती उस्तै, दुई युवा सांसदमाथि उठ्यो प्रश्न

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

जनतालाई घरबार विहीन बनाउने पक्षमा हामी छैनौँ : अध्यक्ष हर्क साम्पाङ

झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

डुङ्गा आक्रमणमा दुई जनाको मृत्युः अमेरिकी सेना

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

प्रतिपक्ष कमजोर हुँदा सडकबाट आवाज उठाइरहेका छौंः दुर्गा प्रसाईँ

तनहुँ जलविद्युत् आयोजनाः रुख कटानको अनुमति प्राप्त

ज्येष्ठ नागरिकको ज्ञान र अनुभवलाई राज्य सञ्चालनमा उपयोग गर्नुपर्नेमा नेता पोखरेलको जोड

काठमाडौंबाट वीरगन्जका लागि छुटेको बस दुर्घटनाग्रस्त

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो रहने छ आजको राशिफल

  • २.
    चितवनमा चक्कु प्रहारबाट एक युवकको मृत्यु

  • ३.
    यस्तो छ आजको राशिफल

  • ४.
    वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर–चितवनमा “प्राथमिक उपचार अभिमुखिकरण कार्यक्रम” सम्पन्न

  • ५.
    फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला चितवनमा, महासंघ गठनको तयारी तीव्र

  • ६.
    व्यवसायीलाई रवि लामिछानेको आश्वसन : नेताको ढोका चहार्नुपर्दैन, आर्थिक अपराधमा थुनेर आतंकित बनाउँदैनौं

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech