चितवन, असोज ६-
निर्वाचन आयोगले चितवनको निर्वाचन अधिकृतमा चितवनका जिल्ला न्यायाधीश रितेन्द्र थापालाई नियुक्त गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गराउन आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो ।
आयोगले चितवनको निर्वाचन अधिकृतमा सडक विभागका उपसचिव हरिसिंह धामीलाई नियुक्त गरेको छ । आयोगले चितवनसहित देशभरका १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।










