Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, जेठ १२, २०८३
☰
Logo मङ्गलबार, जेठ १२, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको राशिफल

  • २. कस्ताे रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३. मापदण्ड नपुगेका अस्पताललाई कडा कारबाही गर्न सांसद ढकालको माग

  • ४. इजरायल रोजगारीको आश्वासन पूरा गर्न माग गर्दै माइतीघरमा पीडित युवाहरुको विरोध

  • ५. ‘कला नगरीमा अब भगवानको रक्षा गर्नुपर्ने बेला आयो’: सांसद जगदीश खरेल

  • ६. बाजुरामा बेपत्ता भएको १० दिन पछि एक महिला मृत फेला

  • ७. यस्तो रहने छ आजको राशिफल

  • ८. ट्रम्प र नेतन्याहूबीच इरान मुद्दामा तनावपूर्ण फोनवार्ता, कूटनीतिक पहलमा मतभेद

  • ९. ‘बजेट विनियोजन कसैको पहुँचको आधारमा हुनेछैन्’: सांसद बदन भण्डारी

  • १०. प्रि–बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित भएकोमा सांसद सिंहको असन्तुष्टिः ‘नयाँको नाममा सबै परम्परा नभत्काऔँ’

निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमानः दैनिक उपभोग्य वस्तुको माग उच्च

घोराही (दाङ), फागुन १७-
प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन तथा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । यसले सर्वसाधारणलाई आवतजावतमा सहजता हुने गरेको छ । चुनावी सरगर्मीले दाङका सहर तथा ग्रामीण क्षेत्रलाई राजनीतिक रूपमा तताएको छ ।

बजारमा चहलपहल बढेको छ, सवारीसाधनको चाप वृद्धि भएको छ र केही व्यवसायमा अस्थायी सुधार देखिएको छ । तर, व्यवसायीको अपेक्षाअनुसार व्यापक आर्थिक चलायमानता भने अझै देखिन बाँकी छ । अब चुनावको मिति झन् नजिकिँदै जाँदा बजारले कस्तो गति लिन्छ भन्नेमा सबैको चासो केन्द्रित भएको छ ।

चुनावको मिति नजिकिँदै जाँदा जिल्लाका सहरबजारदेखि ग्रामीण बस्तीसम्म राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार मतदाता भेटघाटमा सक्रिय बनेका छन् । घरदैलो कार्यक्रम, टोलसभा, कोणसभा र अन्तक्र्रियाका कार्यक्रम दैनिकजसो भइरहँदा जिल्लाभर चहलपहल उल्लेख्य रूपमा बढेको देखिन्छ ।

पछिल्ला दिनमा उम्मेदवार तथा तीनका समर्थक गाउँगाउँ र टोलटोलमा पुगिरहेका छन् । चुनावी प्रचारप्रसारका लागि सवारीसाधनको प्रयोग बढेको छ भने मोटरसाइकल र गाडीको आवतजावतले बजार क्षेत्रमा भीडभाड पनि बढाएको छ । मुख्य सडक, चोकचोकमा झण्डा, ब्यानर र पोस्टरले सजिएका छन् ।

मानिसको बढ्दो आवतजावतसँगै स्थानीय होटल, खाजा पसल तथा रेष्टुरेन्टमा ग्राहकको सङ्ख्या बढेको व्यवसायी बताउँछन् । विशेषगरी चुनावी टोली बिहानको खाजा, दिउँसोको खाना तथा साँझको नास्ताका लागि होटलमा पुग्ने क्रम बढेको छ । यसले गर्दा तरकारी, मासु, दूध, दही, अन्डालगायत दैनिक उपभोग्य वस्तुको माग पनि उकालो लागेको छ ।

घोराही, तुलसीपुरलगायतका मुख्य बजार क्षेत्रमा रहेका होटल व्यवसायीका अनुसार विगत केही हप्तायता व्यापारमा केही सुधार देखिएको छ । “अहिले चुनावी टोली दैनिकजसो आउँछन् । चुनावका लागि खटेका खाना खाने हुँदा बिक्री केही बढेको छ”, एक होटल व्यवसायीले भने । तर उनीहरूका अनुसार यो वृद्धि स्थायी प्रकृतिको नभइ चुनावी गतिविधिसँग मात्र सीमित छ ।

यस्तै, प्रचारप्रसार सामग्री उत्पादन गर्ने छापाखाना तथा डिजिटल प्रिन्टिङ पसलमा पनि कारोबार बढेको छ । पर्चा, पम्पलेट, ब्यानर, फ्लेक्स तथा स्टिकर छपाइका माग बढेका छन् । केही पसलले त अतिरिक्त समय काम गर्नुपरेको बताएका छन् । “उम्मेदवारले छोटो समयमै धेरै सामग्री तयार गर्नुपर्ने हुन्छ । त्यसैले अहिले कामको चाप छ”, एक प्रिन्टिङ व्यवसायीले भने । यद्यपि, बजारमा देखिएको भीडभाड र चहलपहल आर्थिक रूपमा अपेक्षाकृत सन्तोषजनक नभएको व्यवसायीको भनाइ छ ।

जिल्ला उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठले चुनावी समयमा बजार चलायमान हुने अपेक्षा गरिए पनि वास्तविक अवस्था त्यस्तो नरहेको बताउनुभयो । “चुनावको समयमा व्यापार व्यवसाय बढ्नुपर्ने हो, तर त्यो हालसम्म स्पष्ट रूपमा देखिएको छैन”, उहाँले भन्नुभयोे, “भीडभाड बढेको छ, तर त्यसअनुसारको आर्थिक गतिविधि विस्तार हुनसकेको छैन ।”

उहाँका अनुसार विगतका निर्वाचनमा जस्तै यसपटक पनि व्यवसायीले व्यापार वृद्धि हुने आशा गरेका थिए । तर, बढ्दो महँगी, उपभोक्ताको क्रयशक्ति कमजोर हुनु र आर्थिक तरलताको अभावका कारण बजार अपेक्षाअनुसार चलायमान हुन नसकेको उहाँले बताउनुभयो । “मानिस खर्च गर्न सचेत भएका छन् । चुनावी माहोलले मात्र दीर्घकालीन आर्थिक सुधार ल्याउन सक्दैन”, उहाँले भन्नुभयो । चुनावले गर्दा मात्रै बजारमा भीडभाड देखिएको उहाँको भनाइ छ ।

चुनावले केही मात्रामा व्यापार व्यवसायमा वृद्धि भएको चेम्बर अफ कर्मसका अध्यक्ष विकास अग्रवालले बताउनुभयो । तर व्यवसायीको अपेक्षाअनुसार बढ्न नसकेको उहाँको भनाइ छ । “व्यवासायीको अपेक्षाअनुसार बजार चलायमान हुनसकेको छैन”, उहाँले भन्नुभयो । अहिले सवारीसाधन, होटेल रेष्टुरेन्ट, चिया हाउस, कफी हाउसको व्यापार वृद्धि भएको उहाँले बताउनुभयो । यससँगै जोडिएका क्षेत्रमा पनि केही वृद्धि भएको पाइएको अध्यक्ष अग्रवाल बताउनुहुन्छ । रासस

Chitwan Aaja चितवन आज
आइतबार, फागुन १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
समुदायलाई अग्नि नियन्त्रण प्रशिक्षण

ताजा समाचार

सबै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

समुदायलाई अग्नि नियन्त्रण प्रशिक्षण

सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सार्वजनिक लेखा समितिमा उच्च बेरुजु भएका मन्त्रालयको समीक्षा

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

ढिलासुस्ती हटाउन पूर्वाधार न्यायाधिकरण आवश्यकः मन्त्री गौतम

कोरिया जान पर्खाइमा रहेका युवाहरूको प्रदर्शन,कोरिया पठाउने व्यवस्था मिलाउन माग

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग सम्बन्धित झन्डै २ करोड

तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

काठमाडौंका आठ पालिकामा रास्वपाले अधिवेशन सक्यो, को को चुनिए ?

मकवानपुरमा मदिरा सेवन गरी सवारी चलाउने विरुद्ध कडा अभियान सुरु

बालेन सरकारको स्वेच्छाचारी गतिबिधिविरुद्ध संघर्ष गर्छौं- महेश बस्नेत

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

पर्सामा ‘द नेक्स्ट स्कलरसिप डे २०२६’ आयोजना हुँदै, विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाबारे प्रत्यक्ष परामर्शको अवसर

मिराज ढुंगानाको नेतृत्वमा चितवनमा मोटरसाइकल डोर्‍याएर फरक खालको प्रदर्शन,मूल्यवृद्धि र करको विरोध

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो छ आजको राशिफल

  • २.
    कस्ताे रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    मापदण्ड नपुगेका अस्पताललाई कडा कारबाही गर्न सांसद ढकालको माग

  • ४.
    इजरायल रोजगारीको आश्वासन पूरा गर्न माग गर्दै माइतीघरमा पीडित युवाहरुको विरोध

  • ५.
    ‘कला नगरीमा अब भगवानको रक्षा गर्नुपर्ने बेला आयो’: सांसद जगदीश खरेल

  • ६.
    बाजुरामा बेपत्ता भएको १० दिन पछि एक महिला मृत फेला

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech