३ असोज, सुर्खेत
राउटे समुदायका एक युवाको प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा २२ वर्षीय वृषबहादुर शाही रहेको रहेका छन् ।
महिना अघिदेखि बिरामी शाहीको बुधबार साँझ मृत्यु भएको हो।
भदौ ३१ गते उनलाई उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल लगिएको थियो। अस्पतालमा जाँच गराउँदा क्षयरोग देखिएको थियो।
वृषबहादुरको कलेजो, मुटुमा पनि बढी क्षति देखिएकोले अस्पतालले उपचार सम्भव नभएको भनेर डिस्चार्ज गरेको थियो। डिस्चार्जपछि बसोबास भएको स्थानमा लग्दै गर्दा उनको बाटोमा मृत्यु भएको गैरसरकारी संस्था सोसेकको राउटे परियोजनाका शिक्षक लालबहादुर खत्रीले बताए।
‘अस्पतालले नै उपचार हुन सक्दैन भनेको थियो, डिस्चार्ज गरेर घर फर्काउँदा राति ९ बजेतिर मृत्यु भएको हो,’ उनले भने।
अहिले राउटे समुदाय दैलेखको गुराँस गाउँपालिका–१ सिमेसालमा बसिरहेका छन् । उनको मृत्युपछि राउटेको संख्या १३४ मा झरेको छ ।
राउटेहरुको स्वास्थ्यमा समस्या आउदा समयमा उपचार नगर्ने र जीवनशैलीका कारण जनसंख्या हरेकबर्ष घटिरहेको छ ।







