काठमाडौं, फागुन २४-
जनता समाजवादी पार्टी (जसपा)ले एक राज्यमन्त्रीसहित तीन मन्त्री सरकारमा पठाउने भएको छ ।
बिहीबार साँझ बसेको जसपाकाे केन्द्रीय कार्यकारिणी समितिकाे बैठकले मन्त्रीकाे नाम टुंग्याएकाे प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
नवलकिशाेर साह वन तथा वातावरणमन्त्री र दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बनेका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार