काठमाडाैं कात्तिक ७,
मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई)को सामना गर्दैछ ।
नेपाल र यूएईबीचको फाइनल क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार विहान ७:१५ बजेबाट शुरू हुनेछ ।
सेमिफाइनलमा जापानलाई डीएल मेथडअनुसार १४३ रनले पराजित गर्दै नेपालले प्रतियोगिताको फाइनलमा स्थान बनाउनुका साथै एसीसी यू-१९ एसिया कपमा समेत स्थान सुरक्षित गरेको थियो ।
यूएईले भने सेमिफाइनलमा सिंगापुरलाई डीएल मेथडअनुसार नै १० विकेटले हराएको थियो । उसले पनि एसिया कपमा स्थान सुरक्षित गरिसकेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार