काठमाडाैं बैशाख १३,
गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँको चावहिलस्थित सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका नीरा पाण्डे आचार्यको हत्यामा संलग्नलाई केही दिनमा पत्ता लगाउने दाबी गरेका छन् । आज (बुधबार) संसद्मा सासंदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले प्रहरीले गहिराइमा पुगेर अनुसन्धान गरिरहेकाले केही दिनमा हत्यारा पत्ता लगाएर कानुनको कठघरामा ल्याउने बताएका हुन् ।निरा पाण्डेको हत्या सम्बन्धमा गम्भीर अनुसन्धान गरिरहेको छ । प्रहरी गराइमा पुगेर सत्यतथ्य पत्ता लागउन लागेको छ,’ उनले भने, ‘केही दिनमा सत्य पत्ता लगाएर कानूनको कठघरामा ल्याउँछौं ।’
वैशाख ७ गते दिउँसो चावहिलस्थित आफ्नै पसलमा पाणंडेको हत्या भएको अवस्थामा शव फेला परेको थियो । उनको काठमाडौंमा दुइवटा पसल रहेका छन् ।
एउटा उनका पति योगेश आचार्यले सञ्चालन गर्दै आएका छन् भने ‘निरु’ भाडा पसल भने उनी आफैँ सञ्चालन गर्दै आएकी थिइन् । उनीहरू बाग्लुङको बडिगाड गाउँपालिकाका स्थानीय हुन् । उनका अनुसार निराले १३ वर्षदेखि भाडा पसल सुरु गरेकी थिइन् ।









