काठमाडौँ,चैत २२
सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयले राहदानी विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण मागेको छ।
न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बुधबार महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।
यसअघि चैत ६ गते महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध मुद्दा चलाउन नपर्ने निर्णय गरेका थिए।
अमेरिकी राहदानी भएका बेला झुठा विवरण पेस गरी नेपाली राहदानी पनि लिएको भन्दै लामिछानेमाथि छानबिन गर्न गृह मन्त्रालयमा उजुरी परेको थियो।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







