काठमाडाैं चैत २२
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको २ दिनभित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताएका छन् ।
बुधवार नेकपा माओवादी केन्द्र केन्द्रीय सहकारी तथा गरीबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
उनले सरकारले लगभग पूर्णता पाइसकेको र अबको २ दिन भित्रमा पूर्ण रूपमा सरकार विस्तार हुने बताए । उनले अब सरकारको ध्यान पूर्णरूपमा सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने बताए ।
उनले अबको बजेटमा गुणात्मक रूपमा र जनताले केही राहत पाउने गरी बजेट निर्माण गर्ने प्रतिबद्धता जनाए । जनताले फरक अनुभूति गर्न नसके अहिलेसम्मका सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने उनले बताए ।
उनले भने, ‘मैले प्रधानमन्त्री बनेर अहिले सरकार सञ्चालनको अवसर पाएको छु, त्यो पनि चुनौतीपूर्ण रूपमा छ । अहिले सरकारले करीब–करीब पूर्णता पाएको छ । आजभोलि शतप्रतिशत नै पूर्णता प्राप्त गर्छ । हाम्रो सबै ध्यान अब सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुनेछ । कुन बाटो जाने भन्नेमा केन्द्रित हुनेछ । केही गुणात्मक, जनताले केही राहत पाउने गरी यसअघिको पनि बजेट निर्माण गर्दा त्यो किसिमले गर्नु भनेको थिएँ । त्यो महसूस गराउन नसके सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने खतरा छ । यसमा म गम्भीर छु ।’
प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा जनतामा आशा जगाउने अधिकतम काम गर्ने प्रयास गर्ने बताए ।







