काठमाडौं चैत २१,
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदन चलिरहँदा मोबाइल स्वीच अफ गर्न सांसदहरूलाई आग्रह गरेका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा उनले मोबाइल स्वीच अफ गर्न सांसदहरूलाई सचेत गराएका हुन् ।
नेकपा (एकीकृत समाजवादी)का सांसद मदनकुमारी साह ‘गरिमा’ले बोलिरहँदा एक सांसदले मोबाइल चलाइरहेको देखेपछि अध्यक्ष तिमिल्सिनाले त्यसो नगर्न आग्रह गरे । उनले भने, “माननीयज्यू, मोबाइल स्वीच अफ गर्नुस् ।”
सदन चलिरहेका बेला सांसदहरूलाई राष्ट्रियसभाका अध्यक्षले सचेत गराउन सक्ने अधिकार हुन्छ ।











