Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, माघ १०, २०८२
☰
Logo शनिबार, माघ १०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३. चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ४. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ५. आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • ६. पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

  • ७. स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

  • ८. नारायणी एक्स्पोमा राष्ट्रिय पञ्चै/नौमती बाजा प्रतियोगिता हुँदै

  • ९. सिंहदरबार जलाउने चिनेका छौँ,हिसाबकिताब हुन्छः महेश बस्नेत

  • १०. वर्गसंघर्षको धार बोकेर चितवन–२ मा प्रताप गुरुङ

सरकार विस्तारको तयारीमा प्रधानमन्त्री प्रचण्ड, कुन दलले कति पाउँदैछन् मन्त्रालय ?

काठमाडाैं चैत १२

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विस्तारको तयारीलाई तीव्रता दिएका छन् ।

आफूलाई विश्वासको मत दिने दलहरूलाई सरकारमा समेट्ने तयारी गरेर प्रधानमन्त्री प्रचण्डले मन्त्रालय बाँडफाँटको तयारी गरिरहेका छन् ।

आफूलाई समर्थन गर्ने दललाई सरकारमा सहभागी गराउने हिसाबले प्रधानमन्त्रीले भागबण्डाको तयारी गरिरहेको माओवादीका नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

‘प्रधानमन्त्रीको तयारी आफूलाई समर्थन गर्ने ११ वटै दललाई सरकारमा सहभागी गराउने भन्ने छ । यसको लागि तयारी भइरहेको छ । प्रधानमन्त्रीले खाका बनाउँदै हुनुहुन्छ’, पौडेलले भने, ‘माओवादीको बैठकमा पनि एक खालको छलफल भएको छ । अब दलगत रुपमा छलफल गर्ने र आइतबार र सोमबार थप छलफल गरी सरकार विस्तार गर्ने भन्ने छ ।’

कुन दलको भागमा कति मन्त्रालय पर्लान् ?

फेरिएको सत्ता गठबन्धनको दल कांग्रेसले ८ वटा मन्त्रालयमा दाबी गरेको छ । कांग्रेसको शनिबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारीको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले ८ वटा मन्त्रालयमा कांग्रेसले दाबी गरेको ब्रिफिङ गरेका थिए ।

तर सरकारमा सहभागी हुने दलको संख्या बढेपछि प्रधानमन्त्रीले ७ मन्त्री र एक राज्यमन्त्री कांग्रेसलाई दिने गरी सहमतिको खाका बनाउने तयारी गरेका छन् ।

माओवादीले अहिले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्रालय पाएको छ। यसलाई कायम राख्ने तयारीमा प्रधानमन्त्री छन् ।

माओवादीबाट भौतिक पूर्वाधारमा नारायणकाजी श्रेष्ठ, सञ्चारमा रेखा शर्मा, पर्यटनमा सुदन किराँती, संघीय मामिलामा अमनलाल मोदी मन्त्री छन् ।

माओवादीकै सुशीला श्रीपाइली ठकुरी पर्यटन राज्यमन्त्री छिन् । जनमतबाट अब्दुल खान खानेपानी मन्त्री छन् । प्रधानमन्त्रीले बनाएको खाकामा जनमतले पाउने यही एउटा मात्रै मन्त्रालय हो । तर प्रतिनिधिसभामा ६ सिट भएको जनमतले २ वटा मन्त्रालय दाबी गरेको छ ।

३/३ मन्त्रालय दाबी गरेका जसपा र नेकपा एसले २/२ वटा मन्त्रालय पाउनेछन् । यी दुईमध्ये एकले राज्यमन्त्री पनि पाउने तयारी छ ।

२/२ वटा मन्त्रालय दाबी गरेका लोसपा र नागरिक उन्मुक्तिलाई १/१ वटा मन्त्रालय दिने तयारीमा प्रधानमन्त्री रहेको बालुवाटार स्रोत बताउँछ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएका स्वतन्त्र सांसदद्वय प्रभु साह र अमरेशकुमार सिंहमध्ये एक जनालाई पनि मन्त्री बनाउने सम्भावना छ । माओवादी चुनाव चिह्नबाट चुनाव लडेका महिन्द्रराय यादव पनि मन्त्रीका लागि दाबेदार हुन् ।

दलसँग छुट्टाछुट्टै छलफल गरेपछि सत्तारूढ दलको संयुक्त बैठक गरी भागबण्डाको प्रस्ताव गर्ने तयारीमा प्रचण्ड रहेको बालुवाटार स्रोतले जानकारी दियो ।

संख्यासँगै कुन दलले कुन मन्त्रालय लिने भन्ने टुंगो पनि प्रधानमन्त्रीले लगाउँदैछन् । मन्त्रालय टुंग्याउन प्रधानमन्त्रीले सबैभन्दा ठूलो दल कांग्रेससँग बढी संवाद गर्दैछन् ।

अरू दलसँग कम संवाद गरे पनि प्रधानमन्त्रीले कांग्रेसँग नियमित संवाद गरिरहेका छन् । प्रधानमन्त्रीसँग कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले छलफल गर्दै आएका छन् । उनी आफैं गृहमन्त्रालयसहित सरकारको नेतृत्वमा जान तयार छन् ।

तर प्रधानमन्त्रीले कांग्रेसलाई अर्थ मन्त्रालय लिएर काम गर्न आग्रह गर्दै आएका छन् । तर खड्काको इच्छा गृहमा छ । खड्काले अर्थमा इच्छा नगरे कांग्रेसबाट डा प्रकशशरण महत अर्थमन्त्री बन्ने सम्भावना पनि उत्तिकै छ ।

माओवादीले अर्थ लिन माने गृहको जिम्मा खड्काले पाउने बताइएको छ । तर यस अघिदेखि नै गृहमा दाबी गरेका माओवादीका नारायणकाजी श्रेष्ठले फेरि पनि दाबी गरिरहेका छन् ।

१५ फागुनमा तत्कालीन साझेदार एमाले सरकारबाट बाहिरिएयता १६ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्डको काँधमा छन् ।

रवि लामिछानेको नागरिकता विवादपछि मन्त्री फिर्ता बोलाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि फेरि सरकारमा जान इच्छुक छ ।

माओवादी नेता देवेन्द्र पौडेलले रास्वपा पनि सरकारमा जान इच्छुक रहेको जानकारी दिए । ‘रास्वपालाई पनि प्रधानमन्त्रीले सरकारमा सहभागी गराउने तयारीमा हुनुहुन्छ’, उनले भने, ‘सरकारमा जाँदा दलको हिस्सा अनुसारको मन्त्रालय दिने भन्ने छ ।’

यसअघि प्रचण्ड नेतृत्वको सरकारमा रास्वपाले गृह, शिक्षा, श्रम मन्त्रालय पाएको थियो । एक राज्यमन्त्री पनि उसको भागबण्डामा परेको थियो ।

तर यसपटक फेरि सरकारमा सहभागी भए रास्वपाले बढीमा २ वटा मात्रै मन्त्रालय पाउने बुझिएको छ ।

 

Chitwan Aaja चितवन आज
आइतबार, चैत १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
निर्वाचन ४० दिन बाँकीःसमानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी
देशभर पश्चिमी वायुको प्रभाव, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

ताजा समाचार

सबै

निर्वाचन ४० दिन बाँकीःसमानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी

देशभर पश्चिमी वायुको प्रभाव, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

निर्वाचन आचारसंहिताविपरीत बालबालिकाको प्रयोग नगर्न आग्रह

रङ्गमा रंगिँदै नेपाल: टाटा पेन्ट्सको २२ वर्षे यात्रा, नायिका श्रृष्टी खड्कालाई ब्रान्ड एम्बेसडर

भोलि समापन गरिँदै गैँडाकोट महोत्सव

कांग्रेस बदलिनुपर्छ भन्ने नागरिकको चाहनालाई सम्मान गरेका छौँ : सभापति थापा

प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

रौतहटमा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

देशभर ४९ जना उम्मेदवारले फिर्ता लिएर उम्मेदवारी

कांग्रेस सभापतिको कुर्सीमा गगन थापा

उत्साहित छन् चितवनका नयाँ मतदाता

मिथिलाञ्चलमा आज ‘हलो र गोरु पूजा’

महामन्त्री पौडेलले भने– कांग्रेस नयाँ भयो, अब देशको मुहार फेर्ने हो

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३.
    चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ४.
    WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ५.
    आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • ६.
    पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.