काठमाडौं चैत ७,
तनहुँ(१, बारा(२ र चितवन(२ मा हुने उपनिर्वाचनमा ४७ करोड रुपैयाँ खर्च हुने निर्वाचन आयोगले अनुमान गरेको छ।
आगामी वैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ।
निर्वाचन आयोगको लेखा शाखाका एक कर्मचारीका अनुसार तीन वटै क्षेत्रमा हुने निर्वाचनका लागि आयोगले अर्थ मन्त्रालयसँग बजेट माग गर्ने तयारीसमेत गरेको छ।
तीन वटै निर्वाचन क्षेत्रमध्ये मतदान केन्द्र बढी भएको स्थानमा बढी खर्च हुने अनुमान गरिएको छ।
सबैभन्दा बढी रकम कर्मचारी भत्तामा खर्च हुने ती कर्मचारीले बताए। ुसबैभन्दा बढी रकम त निर्वाचनमा परिचालन हुने जनशक्तिमा नै खर्च हुन्छ,ु लेखा शाखाका ती कर्मचारीले भने,ुत्यसबाहेक निर्वाचन सामग्री, कार्यालय सामग्रीमा खर्च हुन्छ।ु
आयोगका सचिवदेखि अन्य सहसचिवहरू समेत विदेश भ्रमणमा रहेकाले सबै फर्किएपछि उक्त रकम माग गरिने उनले बताए।
चितवन(२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनाव जितेका थिए।
तर अमेरिकी नागरिकता र राहदानी काण्डमा उनको सांसद पद गएपछि यहाँ उपनिर्वाचन हुँदै छ।
नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ क्षेत्र नम्बर १ पनि रिक्त छ।
त्यस्तै उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित भएपछि बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुन लागेको हो।











