चितवन,असोज २०-
पहिरो खसेपछि अबरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड संचालनमा आएको छ । बिहान ११ः०५ बजेदेखि सडक दुइतर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
आज (बिहीबार) विहान ८ः२० बजेको समयमा भरतपुर महानगरपालिका–२९, स्थित सत्रकिलो भन्ने स्थानमा अविरल वर्षाले लेदोसहित पहिरो खसेपछि दुइतर्फी बाटो अवरुद्ध भएको थियो ।जेसिभी प्रयोग गरेर झण्डै तीन घण्टामा बाटो खुलाइएको हो । अहिले रोकिएका सवारीसाधनहरु गन्तव्यतर्फ जान थालेका छन् ।











