मोरङ, असोज १४-
धामी बस्न हिँडेका एक युवक मृत फेला परेका छन् । मोरङको सुनवर्षी नगरपालिकामा वडा नम्बर ४ बटरबारीका ३२ वर्षीय अशोककुमार यादव मृत भेटिएका हुन् ।
धामी बस्नका लागि लरीकट्टा भन्ने ठाउँमा जान्छु भन्दै बिहीबार साँझ घरबाट निस्किएका उनको शुक्रबार बिहान घरबाट करिब डेढ किलोमिटर टाढा सडकमा शव फेला परेको हो ।
प्रहरीका अनुसार मृतकको पेटमा ठूलो चोट छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले घटना शंकास्पद भएकाले तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरेर अनुसन्धान अघि बढाएको जानकारी दिए ।
स्थानीयले भने पेटमा छुरा प्रहार गरी हत्या भएको दाबी गरेका छन् ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार











