काठमाडौं, १९ साउन-
निर्वाचन आयोगले बिहीबार ९आज० बेलुका ५ बजेदेखि मतदाता नामावली संकलन बन्द हुने जनाएको छ ।
सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा गर्ने निर्णय गरेसँगै मतदाता नामावली संकलन बन्द हुने भएको आयोगका सहायत प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको छ ।
निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली बन्द गरिने अर्यालले जानकारी दिनुभयो ।
गत १ असारबाट सुरु गरिएको मतदाता नामावली बिहीबार बेलुका ५ बजेबाट बन्द हुन लागेको हो । यो अवधिमा करिब पाँच लाखभन्दा बढीले नामावली दर्ता गराएका छन् ।
साथै आयोगमा दर्ता भएका राजनीतिक दलका लागि दल दर्ता प्रक्रिया पनि चाँडै सुरु गरिने सहायक प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।