Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, बैशाख ०५, २०८३
☰
Logo शनिबार, बैशाख ०५, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

लोकप्रिय समाचार

  • १. “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • २. रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ३. नेपालको कडाइपछि भारतको प्रतिक्रिया : नेपाली सवारी इन्धनविहीन, सीमावर्ती बासिन्दा मारमा

  • ४. चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ५. नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

  • ६. जनतालाई तरकारीमा लाउने लसुन छैन, नेताहरूसँग सुन नै सुन: सांसद साम्पाङ

  • ७. शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

  • ८. ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

  • ९. आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो

  • १०. बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

कांग्रेसः कानूनी विवादभन्दा राजनीतिक विवाद बढी घातक

काठमाडौँ, वैशाख ५-
सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समितिलाई नै आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेसँगै पार्टीको भविष्यबारे नयाँ बहस सुरु भएको छ । न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले तत्कालीन सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काको रिट खारेज गर्दै पुसमा भएको विशेष महाधिवेशनलाई वैधानिकता दिएको हो । यो फैसलासँगै गगन थापा र विश्वप्रकाश शर्मासहितको नयाँ नेतृत्वले पूर्ण कानुनी मान्यता पाएको छ । सर्वोच्चको फैसलापछि कांग्रेसबृत्तमा हलचल समेत ल्याएको छ ।

‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने मुल नाराका साथ विशेष महाधिवेशन सम्पन्न गरेर गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा सहभागि भएको कांग्रेसले सर्वनाक हार व्यहोरेपछिको अदालतको फैसला निकै अर्थपूर्ण पनि मानिएको छ । हुनत, फैसलाले नेपालको राष्ट्रिय राजनीतिमा खासै प्रभाव नराख्ला तर पार्टीको भविष्यका सन्दर्भमा ठूलो महत्व राखेको छ ।

सर्लाही ४ बाट भारी मतले पराजित भएका सभापति गगन थापाका लागि कांग्रेसलाई एकढिका बनाएर संगठन सुदृढ गर्न ठूलो जोखिम मोल्नुपर्ने देखिएको छ । जित्ने र हार्ने पक्षबीचको मतभेद, विभाजित मन र आफू अनुकुल फैसला नआएपछि असन्तुष्ट बनेका तल्लो तहका कार्यकर्ताहरुको मनोबल बढाउन कांग्रेस नेतृत्वले भयंकर मेहेनत गर्नुपर्ने देखिन्छ ।

शेरबहादुर देउवा समूहका नेता डा। प्रकाशशरण महतले सर्वोच्चको फैसला अपेक्षित नभएको प्रतिक्रिया दिएको र विशेष महाधिवेशनबाट आएको नेतृत्व स्वीकार्न नसकिने अभिव्यक्ति दिएका नेता विमलेन्द्र निधि अनि पूर्ण बहादुर खड्का नेतृत्वमा अगाडि बढेको कांग्रेसको गुटगत गतिविधिले कांग्रेसको भविष्य कता लैजान्छ भन्ने अन्योलता बढेको छ । देश चुनौतीपूर्ण घडीमा रहेका बेला पार्टीको १५ औं महाधिवेशनलाई विवादरहित बनाउन सबैलाई मान्य हुने साझा सहमति आवश्यक रहेको नेता डा।महतको मत छ ।

आधिकारिता पाइसकेको पक्षले अब पार्टीका सबै पक्षलाई समेटेर लैजाने मुख्य दायित्व हुने भएकाले त्यसको हिस्सेदार गगन थापा बाहेक अरु हुन नसक्ने देखिन्छ ।

हुनत, सभापति थापाले फैसलालाई व्यक्तिगत जितहार भन्दा पनि विधिको विजयका रूपमा व्याख्या गर्दै अदालतको निर्णयले पार्टीलाई एकताबद्ध बनाउँदै बलियो बनाउने साझा यात्राको आधार तय गरेको बताएपनि त्यो आधार कुन रुपमा बनेको छ भन्ने प्रष्ट पारेका छैनन् ।

उनले पार्टीका समस्त सदस्य र शुभेच्छुकहरूलाई अब आ–आफ्नो ठाउँबाट पार्टीको एकता र पुनर्जागरणका लागि जिम्मेवारीपूर्वक सकारात्मक भूमिका खेल्न अपिल गरेका छन् । पार्टी सभापतिको हैसियतले सबैलाई समेटेर लैजाने मुख्य जिम्मेवारी आफ्नै भएको स्वीकार गर्दै उनले यस प्रक्रियामा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता समेत जनाए ।

पार्टीको १५ औँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको सन्दर्भमा थापाले यसलाई पार्टी रूपान्तरण र सुदृढीकरणको अवसरका रूपमा उपयोग गर्न जोड दिएका छन् । तर ०७८ सालमा पाँचौँ पटक प्रधानमन्त्री बनेका तर विशेष महाधिवेशनलाई अस्वीकार गरेका देउवा यतिबेला आफू ‘अपमानित’को महसुस गरेर विदेशमा बसिरहेका छन् ।

उनको ठूलो समूह नेपालमा ‘समानान्तर गतिविधि’लाई अगाडि बढाउने कि थापासँग मिलेर जाने भन्नेमा अन्योलग्रस्त अवस्थामा छ । यता, कांग्रेसको वैशाख २ गते बसेको अनुशासन समितिको बैठकले देउवा पक्षका पूर्ण बहादुर खड्कालाई सातदिने स्पष्टीकरण सोधेको विषयलाई खड्काले स्पष्टीकरण निरर्थक र हास्यास्पद रहेको बताउँदै स्पष्टीकरणको जवाफ नदिने बताइसकेका छन् । देउवा पक्षका नेताहरुको अडान र थापा पक्षका नेताहरुको अहमताले कांग्रेसको भविष्य झन ओरालो लाग्ने हो कि भन्ने चिन्ता बढाएको छ । कतिपय विश्लेषहरुले कांग्रेस अब सग्लो भएर अगाडि बढ्ने अवस्था नरहेको प्रतिक्रिया दिइरहेका छन् ।

किनकी, अदालतको फैसलाले कानुनी विवाद टुङ्ग्याए पनि राजनीतिक विवाद भने कायमै रहेकाले फैसला अगाडि नै राजनीतिक विवाद साम्य पार्नुपर्ने तर्क विश्लेषकहरुको छ । तर दुवै पक्ष एक आपसलाई आरोप प्रत्यारोप गर्ने, शक्ति प्रदर्शन गर्ने र समानान्तर गतिविधि गर्ने गरेकाले कांग्रेसको भावी दिन कस्तो बनाउने भन्ने जिम्मा थापा र देउवाकै काँधमा आइपुगेको छ ।

अन्य नयाँ तथा पूराना पार्टीहरुको विशेष चासोमा रहेको कांग्रेसको भविष्यबारे नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक विवादको समाधान अदालतबाट सम्भव नहुने टिप्पणी गर्नुलाई स्वाभाविक मान्न सकिन्छ ।

उनले न्यायिक निकायमा जानु अन्य किसिमका विवादका लागि स्वाभाविक भए पनि राजनीतिक विवादको स्थायी समाधान अदालतले दिन नसक्ने बताएका छन् ।

उनले विगतका उदाहरण उल्लेख गर्दै राजनीतिक दलहरू अदालतको निर्णयपछि पनि फेरि विभाजित हुने गरेको तर्क गरे। उनको तर्क अन्य साना दलहरुसँग मेल खाएपनि नेपाली कांग्रेससँगै मेल खान्छ भन्नेमा ग्यारेन्टी केहीपनि छैन ।

तर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्ववरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कांग्रेसलाई बीपीपथ पच्छ्याउन सुझाव दिन्छन् । अप्राकृतिक भारी बोकेर हिँडिरहेको कांग्रेसले फर्किएर फेरि बीपीपथ समाउनुपर्ने उनको राय छ । नत्र आउँदा धेरै वर्षसम्म कांग्रेस रास्वपाको पुच्छर बन्नुपर्नेछ । ‘गगनजीलाई शुभकामना तर, बीपीपथबाट जीपीपथ हुँदै प्रचण्डपथको पतन–यात्रामा, पट्टी लगाएको खच्चड जसरी अप्राकृतिक भारी बोकेर हिँडिरहेको कांग्रेसले फर्किएर फेरि बीपीपथ नसमाउने हो भने आउँदा धेरै वर्षसम्म ऊ रास्वपाको पुच्छर हुनेछ ।’

तर एमालेका नेता विष्णु रिजालले अटेरी, वृद्ध र सत्ता स्वार्थमा हावी भएपछि कांग्रेसमा नेतृत्व परिवर्तन भएको टिप्पणी गरेका छन् । उनले विरासत र शक्तिको लागि ‘जी, हजुरी’ गर्नेसँग मख्ख भइरहँदा यस्तै हुने बताएका हुन् ।

‘सबैलाई चेतना भया १ गगन थापाजी कानुनी रूपमा पनि नेपाली कांग्रेसको सभापति बन्नुभएको छ । राजनीतिक रूपमा दुई महिनाअघि नै सभापति बने पनि सर्वोच्च अदालतले समेत वैधानिकता दिएपछि उहाँको सभापतित्वमाथि अब प्रश्न रहेन । नेतृत्व अटेरी, वृद्ध, सत्ता–स्वार्थमा केन्द्रित, पारिवारिक मोहबाट ग्रस्त र वरिपरि बस्नेहरूको जी–हजुरीमा मख्ख भइरह्यो भने एउटा जीवन्त पार्टीमा के हुन्छ भन्ने कांग्रेसमा देखिएको छ,’ रिजालले लेखेका छन्, ‘प्रजातन्त्र र कानुनी शासन मान्ने पार्टी भएकाले यसबाट कांग्रेस विभाजन हुनुपर्ने त कारण देखिन्न, तर आफ्नो राजनीतिक जीवन निस्क्रिय पारेर राजनीतिबाट बिदा लिनुको साटो केही वृद्धहरूको मनमा एउटा छुटै क्लब बनाऔँ भन्ने भावना आएछ भने अर्को ‘प्रजातान्त्रिक कांग्रेस’ बनाउनका लाागि पनि बाटो खुल्ला भएको छ ।’

Chitwan Aaja चितवन आज
शनिबार, बैशाख ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चितवनमा एक अर्ब ४७ करोड बढी राजस्व सङ्कलन
गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ
तनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

ताजा समाचार

सबै

चितवनमा एक अर्ब ४७ करोड बढी राजस्व सङ्कलन

कांग्रेसः कानूनी विवादभन्दा राजनीतिक विवाद बढी घातक

गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

तनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

चितवनका प्रहरी सहायक हवल्दार पवन गिरी ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषित

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

भारतमा मिनिबस दुर्घटना : १० जनाको मृत्यु

मधेश र लुम्बिनी प्रदेशका सांसदसँग गृहमन्त्रीको छलफलः सीमापार तस्करी नियन्त्रणमा जोड

कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु

‘अनलाइन’ बाट मतदाता नामावली दर्ता गर्नेको सङ्ख्यामा वृद्धि

सर्वोच्च अदालतको निर्णयले पार्टीलाई बलियो बनाउने यात्रामा अघि सारेको छः सभापति थापा

बिस्केट जात्राको अन्तिम दिनः भक्तपुर र बोडेमा लिङ्गो ढालियो

कच्चापदार्थ महँगिएपछि प्रशोधित पिउने पानीको मूल्य बढाउने महासंघको निर्णय

बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा राजीनामा

एसइईपछि फुर्सदमा रहेका विद्यार्थीका लागि ‘गुरुकुल एसइई फुटसल कप’

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • २.
    रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ३.
    नेपालको कडाइपछि भारतको प्रतिक्रिया : नेपाली सवारी इन्धनविहीन, सीमावर्ती बासिन्दा मारमा

  • ४.
    चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ५.
    नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

  • ६.
    जनतालाई तरकारीमा लाउने लसुन छैन, नेताहरूसँग सुन नै सुन: सांसद साम्पाङ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.