Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, बैशाख १९, २०८३
☰
Logo शनिबार, बैशाख १९, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आज तपाईंको राशिफल

  • ३. यस्तो छ आजको राशिफल

  • ४. यस्तो रहने छ आजको राशिफल

  • ५. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ६. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ७. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ८. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • ९. बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै हिँडेका वृद्ध मृत फेला

  • १०. चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

कोप–२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीका लागि भाका सारियो

काठमाडौँ, मङ्सिर ९ –
बाकुको अजरबैजानमा जारी रहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुपमहासन्धी (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ शिखर सम्मेलन (कोप–२९) टुङ्गिएको छ । शुक्रबार नै कोप सकिने पूर्वतालिका रहे पनि सहमति जुट्न नसकेपछि दुई दिन लम्बिएर कोप सकिएको हो ।

कोप–२९ ले जलवायु वित्त, कार्बन बजार, अनुकूलन, र लैङ्गिक समानताको क्षेत्रमा नयाँ आयाम थप्दै विश्वव्यापी जलवायु कार्यलाई एकीकृत गर्न महत्त्वपूर्ण योगदान दिएको र अब थप परिणाममुखी निर्णय लिन विश्वभरिका देशहरूले तयारी गर्ने युएनएसिसिसीको सचिवालयले जनाएको छ ।

नेपालको तर्फबाट कोपको वार्ता प्रक्रियामा भाग लिनुभएका जलवायुविद् मञ्जित ढकालले कोप वार्ता प्रक्रियाको उपलब्धिमा जलवायु वित्तको नयाँ लक्ष्य (एनसिक्युजी) का बारेमा विकसित देशहरुले विकासोन्मुख देशहरुलाई वार्षिक तीन सय विलियन डलरसम्म उपलब्ध गराउने सहमति नै कोपको मुख्य सकारात्मक उपलब्धि भएको बताए ।

“विकासोन्मुख राष्ट्रको माग वार्षिक १ दशमलव ३ ट्रिलियन डलर भएको छ । साथै, जलवायु वित्तमा सहज पहुँच हुनुपर्ने मागमा सामान्य प्रगति भएको छ”, उनले भने, “हानी नोक्सानीलाई जलवायु वित्तको नयाँ लक्ष्यका समावेश गराउनेबारे पनि सामान्य प्रगति भएको छ ।”

कार्बन उत्सर्जन घटाउनुपर्ने एजेण्डामा भने धनी मुलुक सकारात्मक नदेखिएको उनको भनाइ छ । “यसपटक कार्बन उत्सर्जन घटाएर पृथ्वीको तापमानलाई १ दशमलव ५ डिग्रीमा सन्तुलन ल्याउने विषयको छलफलमा धेरै प्रगति हुन सकेन । यसमा विशेषगरी पेट्रोलियम उत्पादन र बिक्रीमा आस्रित देशको भूमिका असहयोगी रह्यो ।”

ढकालका अनुसार हाम्रो जस्तो देशका लागि जहाँ जलवायुजन्य असर बढ्दो क्रममा रहेको र पृथ्वीको तापमान सन्तुलित बनाउन अत्यन्त जरुरी छ । यसका लागि धेरै कार्बन उत्सर्जन गर्ने देशहरु जिम्मेवार हुन जरुरी रहेको भन्दै ढकालले छलफल अर्को वर्ष जुन महिनामा फेरि छलफल हुनेगरी टुङ्गिएको छ ।

“कार्बन व्यापारसम्बन्धी छलफलमा धेरै वर्षपछि सहमति भएको छ । बजारमा आधारित कार्बन व्यापार र द्विपक्षीय सहमतिमा गरिने व्यापारलाई अघि बढाउने बाटो खुलेको छ”, ढकालले भने, “समग्रमा केही विषयमा प्रगति भए पनि बाँकी विषयको छलफललाई निरन्तरता दिने सहमति गर्दै, बाकु जलवायु सम्मेलन सम्पन्न भएको छ ।”

एनसिक्यूजीमा भएको सहमतिको प्रभावकारी कार्यान्वयन भएमा नेपालजस्ता मुलुकहरुले राखेका जलवायुका योजना कार्यान्वयनका लागि आवश्यकपर्ने वित्त सहयोग व्यवस्थापनमा केही सहज बाकुमै रहनुभएका वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखाका प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाको भनाइ छ ।

“जलवायु वित्तमा प्रगति भए पनि कार्बन उत्सर्जन कटौतीमा उत्सर्जक मुलुक तयार भएनन्, यसले तापमान वृद्धि सीमित राख्ने लक्ष्य पूरा हुँदैन कि भन्ने आशङ्का छ, तर निरन्तर पैरवी जारी राख्ने छौँ”, उनले भने, “तापमान वृद्धिले विशेषगरी नेपालको पर्वतीय क्षेत्रमा बढी असर गर्छ, हिउँ पग्लिने, हिमताल बिस्फोट हुने र हिमपहिरो गएर त्यहाँका बासिन्दालाई सुरक्षामा चुनौती हुनसक्छ, तसर्थ नेपालले पनि उत्सर्जन कटौती गर्नुपर्ने मुद्दामा प्राथमिकता दिएको हो ।”

‘महत्वाकाङ्क्षी परिणामको अपेक्षा थियो’

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कोप–२९ मा जलवायु वित्त सहयोग र पृथ्वीको तापमान वृद्धि १ दशमलव ५ डिग्री सीमित राख्न कार्बन उत्सर्जन न्यूनीकरणमा महत्वाकाङ्क्षी परिणामको अपेक्षा गरिएको बताए । उनले कोपको समापन गर्दै तापमान वृद्धिले जलवायुको सङ्कट निम्त्याइरहेको उल्लेख गरे ।

“यस पटकको प्राथमिकता नम्बर एक भनेकै वित्तीय सहयोग थियो, ऋणले थिचिएका, प्रकोपबाट प्रभावित र नवीकरणीय ऊर्जाको क्रान्तिमा पछाडि परेका विकासशील सहयोग जुटाउनु थियो”, उनले भने, “महत्वाकाङ्क्षाअनुसार कोपको परिणाम देखिएन तर कोपमा भएको यो सहमति एउटा आधार हो, यद्यपि यस सहमतिले थप निर्माण दिन सहयोग गर्ने विश्वास छ ।”

कोप–२९ ले उत्सर्जन कटौती र ऊर्जा रूपान्तरणलाई गति गत वर्ष भएका प्रगतिहरूलाई अगाडि बढाएको र कार्बन बजारमा सहमति पनि ल्याएको गुटेरेशको टिप्पणी छ । महासचिव गुटेरेसले भने, “म यसलाई सहमतिको आधारमा हेर्न र यसलाई थप अगाडि बढाउन आह्वान गर्दछु ।”

‘यात्रा कठिन थियो, तर हामीले एउटा सम्झौता हासिल गर्‍यौँ’ संयुक्त राष्ट्र जलवायु परिवर्तनका कार्यकारी सचिव साइमन स्टिलले जलवायुको न्याय सम्बोधन गर्दै सङ्कटका समाधान खोजिने एउटा कठिन यात्रा भएको बताए । उनले भने, “कोप–२९ बाट प्राप्त उपलब्धिले जलवायु सङ्कटको सामना गर्न सहयोग गर्छ । तर कुनै पनि उपलब्धि तब मात्र प्रभावकारी हुन्छ जब यसको कार्यान्वन गरिन्छ । वाचा पूरा गरिनुपर्छ, जसले अर्बौं मानिसको जीवन रक्षा गर्न सकुन् ।”- रासस

Chitwan Aaja चितवन आज
आइतबार, मङि्सर ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
घरधनीले लालपूर्जा देखाएपछि रोकिएको डोजरले थाल्यो भत्काउन, मापदण्ड मिचेको निष्कर्ष
रोल्पामा जिप दुुर्घटनापछि सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
क्युबालाई तुरुन्तै ‘कब्जा’ गर्ने ट्रम्पको चेतावनी

ताजा समाचार

सबै

घरधनीले लालपूर्जा देखाएपछि रोकिएको डोजरले थाल्यो भत्काउन, मापदण्ड मिचेको निष्कर्ष

रोल्पामा जिप दुुर्घटनापछि सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता

क्युबालाई तुरुन्तै ‘कब्जा’ गर्ने ट्रम्पको चेतावनी

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

तीन दशकपछि पनि मौका परीक्षा दिन पाइने

नवलपरासीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

सुनसरीमा दुर्घटना हुँदा सिटी र साइकल चालककाे मृत्यु

यस्तो छ आज तपाईंको राशिफल

बिहान ‘घर भत्केको हेर्न सक्दिनँ’ भन्दै हिँडेका वृद्ध मृत फेला

नागरिकसँग युद्ध अपराधीजस्तो व्यवहार गर्न मिल्दैन : गगन थापा

राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने

दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले

चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

यस्तो छ आजको राशिफल

सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • २.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ३.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ४.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ५.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ६.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ७.
    सुनको मूल्य फेरि घट्यो

  • ८.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ९.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १०.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • ११.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • १२.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आज तपाईंको राशिफल

  • ३.
    यस्तो छ आजको राशिफल

  • ४.
    यस्तो रहने छ आजको राशिफल

  • ५.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ६.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.