काठमाडौं, मंसिर ०१
नेपाली कांग्रेसले काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदका निम्ति उमेदवारको टुंगो लगाएको छ ।
शनिबार पार्टीको वाग्मती प्रदेश संसदीय समितिको बैठकबाट उमेदवारको टुंगो लगाइएको हो ।
मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि सो नगरपालिकाको प्रमुखमा डंगोललाई उठाउने निर्णय भएको कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाले कांग्रेस जिल्ला कार्य समिति काठमाडौँलाई परिपत्रमार्फत जानकारी गराएका छन् ।