दाङ, ३० कात्तिक
दाङको तुलसीपुरबाट नक्कली नोटसहित ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका- १० राइसल्यानका ३० वर्षीय राममणि चौधरी, सोही उपमहानगरपालिका- ८ बस्ने १७ वर्षीय किशोर, सोही उपमहानगरपालिका- ९ दोघरेका १९ वर्षीय धनबहादुर खत्री र शान्तिनगर गाउँपालिका- ४ घर भई हाल तुलसीपुर उपमहानगरपालिका- ९ बेलुवाका १७ वर्षीय किशोर रहेका छन् ।
उनीहरूलाई तुलसीपुर उपमहानगरपालिका- ९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।






