पोखरा कार्तिक २९
गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको हो ।
डेंगु रोगका कारण काठमाडौँ घरमै आराम गरिरहेकी गौचनको गएराति १२ बजे हृदयाघात भएको थियो ।
उनी केही समयअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो । म्याग्दीकी गौचन काँग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् ।






