काठमाडाैं, कात्तिक २७
यात्रुहरूबाट बढी भाडा लिएको आरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-९ का ६५ वर्षीय अशोक गुप्ता र वीरगञ्ज महानगरपालिका-१६ का ४० वर्षीय विजय साह छन् ।
वीरगञ्ज बसपार्कमा सार्वजनिक बस, हाइस तथा सुमोमा सर्वसाधारण यात्रुहरूसँग मापदण्ड विपरीत बढी भाडा लिने गरेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
लामो दूरीका सार्वजनिक सवारी साधन छुट्ने काउन्टरबाट उनीहरूलाई पक्राउ गरिएको डीएसपी दीपक भारतीले जानकारी दिए।






