काठमाडाैं, कात्तिक २४
नेकपा एमालेले आगामी मंसिर ७ गते काठमाडौंमा जागरण सभा गर्ने भएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले मंसिर ७ गते काठमाडौंमा पार्टीको जागरण सभा गर्ने निर्णय गरेको हो ।
साथै उक्त कार्यक्रममा सहभागिता जुटाउन पार्टीका विभिन्न कमिटीलाई परिचालन गर्ने निर्णय भएको बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा हुने जागरण सभालाई सफल पार्न पार्टीका सबै जनवर्गीय सङ्गठन तथा सम्पर्क कमिटीहरूलाई सहयोग गर्न आह्वान गरिएको छ ।