Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, बैशाख ०६, २०८३
☰
Logo आइतबार, बैशाख ०६, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

लोकप्रिय समाचार

  • १. “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • २. रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ३. चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ४. नेपालको कडाइपछि भारतको प्रतिक्रिया : नेपाली सवारी इन्धनविहीन, सीमावर्ती बासिन्दा मारमा

  • ५. नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

  • ६. शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

  • ७. आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो

  • ८. बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

  • ९. जनतालाई तरकारीमा लाउने लसुन छैन, नेताहरूसँग सुन नै सुन: सांसद साम्पाङ

  • १०. ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

नयाँ वर्ष : नयाँ सोच र जिम्मेवारी

शुक्रबार, वैशाख १-

‘नयाँ’ शब्द आफैँमा खुसी, उत्साह र रहस्यले भरिएको हुन्छ । नयाँ वर्ष आजदेखि सुरु भएको छ । विक्रम संवत्लाई आधार मानी हरेक वर्षको वैशाख १ गतेलाई नेपालमा नयाँ वर्षका रुपमा मनाउने प्रचलन छ । नेपालमा खास जाति विशेषका बेग्लै नयाँ वर्षहरू मनाइँदै आइए पनि विक्रम संवत् नै सबै नेपालीको साझा बन्दै आएको छ । विक्रम संवत् हिन्दू पञ्चाङ्गमा आधारित राष्ट्रिय पात्रो हो । जुन प्राचीन हिन्दू परम्परा र वैदिक समय अङ्कनमा आधारित छ ।

विक्रम संवत् अङ्गे्रजी पात्रोभन्दा झन्डै ५६ वर्ष आठ महिना १५ दिन अगाडि छ । सूर्यसँग सम्बन्धित भएकाले यसमा ग्रह, नक्षत्रका नाम पनि महिनासँग सम्बन्धित छन् । विश्वका सबै मुलुकमा एउटा नयाँ वर्ष हुन्छ र सबैको भलो होस् भन्ने भावनाका साथ नयाँ वर्ष मनाउने चलन हुन्छ । नयाँ वर्षको पूर्वसन्ध्यामा विश्वभर छरिएर रहेका नेपालीहरुले एक आपसमा शुभकामना दिन सुरु गरिसकेका छन् । विशेषतः आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन, घुमफिर र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिन्छ । नयाँ वर्षमा विभिन्न नयाँ काम सुरु गर्ने र विभिन्न शक्तिपीठमा दर्शन गर्ने पनि चलन छ ।

नयाँ सोच

हामीसँग २०७९ सालले बिदा लिएको छ । वर्षले बिदा लिइरहँदा वर्षभरि भए÷गरेका घटनाको स्मरण गर्ने र समीक्षा गर्ने पनि गरिन्छ । वर्षभरि हामले के कस्ता काम ग¥यौँ ? कति सफल भयौँ, कति असफल ? के कस्ता चुनौती आइलागे ? ती चुनौती पार गर्न के कस्तो पहल ग¥यौँ ? थप सफलताका लागि के गुर्नपथ्र्यो ? के गर्नुपर्छ आदि जस्ता विषयको गहन मनन, समीक्षा गर्नुपर्छ भन्ने लाग्दछ । स्वयंले स्वयं (बानी÷व्यहोरा) को समीक्षा गर्न पनि जरुरी छ । साथै आगामी कामको योजना बनाउने र पूरा गर्न प्रतिबद्धता गर्ने दिन पनि हो आज ।

नयाँ वर्ष भन्ने बित्तिकै नयाँ जोस, नयाँ सोच र नयाँ उमङ्ग थपिनु स्वाभाविक हो । त्यसमाथि मानिस आशावादी हुन्छ । आशाले भविष्य निर्माणलाई सघाउन मद्दत गर्छ । जीवनलाई डो¥याउन विगत बिर्सेर भविष्यप्रति आश्वस्त हुनैपर्छ । सुन्दर भविष्य निर्माणका लागि थुप्रै काम गर्नुपर्ने हुन्छ । धेरैले आफ्नो कार्य योजना, कार्यान्वयनको स्पष्ट खाका र त्यो पूरा गर्ने सपना बुनेका हुन्छन् । त्यति मात्रै होइन, नयाँ वर्षमा एकले अर्कोलाई ती सपना पूरा होऊन् भन्ने कामना गर्ने पनि गरिन्छ । त्यो कामना लागू गर्न स्वयं क्रियाशील हुन भने जरुरी छ । भनिन्छ– ईश्वरले पनि ‘तँ आँट म पु¥याउँछु भन्छन् रे’ । तसर्थ नआँटीकन÷ नगरीकन केही पूरा हुँदैन । सुन्दर भविष्यको कल्पना र त्यो साकार गराउने सोच स्वयम्मा ल्याउन जरुरी छ ।

नयाँ वर्षको स्वागत गरिरहँदा निराशा, आक्रोश र नकारात्मक सोचलगायतका प्रवृत्ति त्याग्नु पर्दछ । काम गर्न सबैले जानेका हुन्छन् तर कुन सोच÷तरिका (फरकपन) ले गर्ने भन्ने कुरा नै महत्वपूर्ण हुन्छ । नयाँ सोच र फरक तरिकाले काम गर्ने नै सफल व्यक्ति बनेको उदाहरण पाइन्छ । नयाँ सोचले नै जीवन जिउने भरपर्दो कला सिकाउँछ । त्यसैले नयाँ वर्षलाई सबैले सकारात्मक सोचका साथ स्वागत गरौँ, अवलम्बन गरौैँ । यसले वर्षभर नयाँ सोच सिर्जना गर्न र आपसमा सद्भाव कायम राख्न मद्दत पुग्नेछ भन्ने कामना गरौँ ।

नयाँ जिम्मेवारी
नयाँ समयले नयाँ चुनौतीसँगै नयाँ जिम्मेवारी पनि दिन्छ । शुभकामना दिनुलाई सामान्य अर्थमा लिइए पनि यसको गहन अर्थ र व्यापकता छ । शुभकामना आदन–प्रदानलाई अचेल बढ्ता औपचारिकता दिएजस्तो देखिए पनि यसले वास्तवमा जिम्मेवारीबोध गर्न उद्यत गराउँछ । शुभकामना दिने र लिने विषय मात्र हैन, यसलाई जिम्मेदारीका साथ मनन गर्ने, कार्यान्वयन गर्ने आँट पनि देखाउनु पर्दछ । काममा शुभ हुन् या शुभ बनाउनका लागि शुभ काम गर्न जरुरी छ ।

नयाँ वर्षलाई स्मरणीय र ऐतिहासिक बनाउन हरेकमाझ चुनौतीसँगै अवसर पनि छन् । अनेकन आरोह अवरोहबीच हरके मान्छेलाई अवसरहरु आइरहन्छन् । तथापि तिनलाई चिन्न र छोप्न सक्नुपर्दछ । त्यस्तै अवस्था अहिले नेपालीमाझ छ । परिस्थितिले हामीलाई नयाँ र महत्वपूर्ण अभिभारा दिएको छ । देश आर्थिक सङ्कटोन्मुख छ । नयाँ सरकार निर्माणसँगै केही आशा गरिए पनि निराशाको चाङ भने घटिसकेको छैन । कठिन घडीमै मान्छेको मूल्याङ्कन हुन्छ । समयको परिवर्तनलाई आत्मसात् गर्न सके मात्रै देश, सरकार र नागरिकले आफूलाई स्थापित गराउन सक्छन् । राजनीतिक नेतृत्वले मात्र हैन, हरेक नागरिकले यतिबेला कुशल नेतृत्व क्षमता र जिम्मेदारिता देखाउनुपर्ने आवश्यकता छ ।

असन्तुष्टिलाई आशामा बदल्ने काम सरकार र दलका नेताहरुको मात्र हैन, हामी सबैको हो । हाम्रो समस्या हामी आफैँले समाधान गर्ने हो । जहाँ समस्या छ, त्यहीँ समाधान पनि हुन्छ । त्यहीँबाट संवादको थालनी गर्नुपर्छ । बाहिरबाट समस्याको समाधान खोजिनु हुँदैन । घरभित्रको समस्या घरभित्रै खोजिए । त्यसले दिगो र परिपक्व समाधान दिन सक्छ । बाहिरबाट खोजिएको समाधान राष्ट्रिय स्वार्थसँग मेल नखाने सम्भावना रहन्छ । हिजो ंदश वर्षको सशस्त्र युद्धको समाधान आन्तरिक रुपमै खोजिएको उदाहरण हामीसँग छ । आपसी विश्वास र सहकार्य बिना राजनीतिले निकास पाउँदैन, जनताले विकास पाउँदैनन् । जहाँ इच्छा त्यहीँ उपाय भने झैँ समस्या समाधान गर्ने चाहना राख्न सक्नुपर्छ । सबैले आ–आफनो दायित्व र जिम्मेवारी सम्झिनुपर्ने हुन्छ । हरेकमा जनता र देशप्रतिको दायित्वबोध हुन जरुरी छ । नयाँ वर्षले हामी सबैलाई नयाँ जिम्मेवारी बहन गर्ने सोच र शक्ति देओस् ।

अन्तमा,
समय परिवर्तनशील छ । हाम्रो जीवन पनि परिवर्तित छ । मान्छे स्वयं पनि परिवर्तनकारी हो । राजनीति पनि परिवर्तित छ । आजको पुस्ताले विभिन्न राजनीतिक परिवर्तनहरु भोगेको छ । तर पनि धेरैको जीवन पद्धतिमा खास परिर्वतन भएको पाइएको छैन् । महिनासँगै वर्ष फेरिए तर धेरैको जीवन फेरिएको छैन । जनता सधैँ परिवर्तनको पक्षधर भए पनि परिवर्तनको अनुभूत गर्न सकिरहेका छैनन् । जो कोही पनि भविष्यप्रति आशावादी हुन्छ, हुनै पर्छ । तथापि, त्यो आशालाई विश्वासमा रुपान्तरण गर्ने काम राजनीतिक दल र सरकारको हो । असल राज्य प्रणालीको हो ।

राजनीतिक दलहरुबीचमा थुप्रै असहमति होलान् । तर शान्ति÷सुरक्षा, नागरिकअधिकार, सामाजिक विकास जस्ता आधारभूत सवालमा दल र नेतागणले साझा धारणा बनाउन सक्नुपर्छ । सरकार र दलका राम्रा काममा नागरिकले पनि साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउनुपर्छ । दैनिकी जीवनमा असर पर्ने खालका आन्दोलन÷गतिविधि कहीँ कतैबाट पनि हुनु हुँदैन । यस्ता गतिविधिले पश्चाताप÷क्षति सिवाय केही दिँदैन । विगतका गल्ती कमजोरीलाई सच्याउँदै आइन्दा नगर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुपर्दछ । नयाँ वर्ष २०८० सबैका लागि सुखद होस्– यही शुभकामना ।

(लेखक शुक्रऋषि चौलागाई नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश उपाध्यक्ष हुन् ।)

 

Chitwan Aaja चितवन आज
शुक्रबार, बैशाख ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका
पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै
भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

ताजा समाचार

सबै

गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

पूर्णबहादुर खड्काले बोलाए बैठक

गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण ५० प्रतिशत पूरा

चितवनमा एक अर्ब ४७ करोड बढी राजस्व सङ्कलन

कांग्रेसः कानूनी विवादभन्दा राजनीतिक विवाद बढी घातक

गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

तनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

चितवनका प्रहरी सहायक हवल्दार पवन गिरी ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषित

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

भारतमा मिनिबस दुर्घटना : १० जनाको मृत्यु

मधेश र लुम्बिनी प्रदेशका सांसदसँग गृहमन्त्रीको छलफलः सीमापार तस्करी नियन्त्रणमा जोड

कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु

‘अनलाइन’ बाट मतदाता नामावली दर्ता गर्नेको सङ्ख्यामा वृद्धि

सर्वोच्च अदालतको निर्णयले पार्टीलाई बलियो बनाउने यात्रामा अघि सारेको छः सभापति थापा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • २.
    रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ३.
    चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ४.
    नेपालको कडाइपछि भारतको प्रतिक्रिया : नेपाली सवारी इन्धनविहीन, सीमावर्ती बासिन्दा मारमा

  • ५.
    नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

  • ६.
    शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.