काठमाडौं चैत २९,
नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीई०को ५७ औं वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि मतदात शुरु भएको छ ।
महासंघको वरिष्ठ उपाध्यक्षका लागि आज भइरहेको चुनावमा अन्जन श्रेष्ठ, रामचन्द्र सांघाई र उमेशलाल श्रेष्ठले प्यानल नै बनाएर प्रतिस्पर्धा गरिरहेका छन् ।
महासंघमा पहिलो पटक ३ जना वरिष्ठ उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्दै छन् । महासंघको विधानअनुसार ५० प्रतिशतभन्दा बढी मत नल्याए पुनः निर्वाचन गर्नुपर्ने हुन्छ ।
महासंघका अनुसार आज हुने निर्वाचनमा ६ दर्जनभन्दा बढी पदाधिकारी चयन हुनेछन् भने वरिष्ठ उपाध्यक्ष पदमा एउटाले ५० प्रतिशतभन्दा बढी मत नल्याए भोलि पुनः निर्वाचन हुनेछ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा शुरू भएको महासंघको निर्वाचनका लागि जिल्ला र वस्तुगत तर्फको पनि मतदान भइरहेको छ ।
बिहान ८ बजे शुरू हुनुपर्ने मतदानमा एसोसिएटतर्फ मताधिकारबारे विवाद भएपछि २ घण्टा ढिलो शुरू भएको हो ।











