काठमाडौं चैत २८
बलात्कार आरोप लागेका जिल्ला न्यायाधीश भुवन गिरी पक्राउ परेका छन्।
उनलाई आज प्रहरीले सामाखुसीबाट पक्राउ गरेको हो ।
आफ्नै श्रीमतीलाई बलात्कार गरेको जाहेरीसम्बन्धमा अनुसन्धानका लागि उनै कार्यरत जिल्ला अदालत कपिलवस्तुले पक्राउका लागि गएको चैत २२ गते अनुमति दिएको थियो।
गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् ।
कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न गत साता प्रहरीलाई अनुमति दिएको थियो । नियन्त्रणमा लिइएका गिरीलाई कपिलवस्तु पठाउने तयारी भएको प्रहरीले जानकारी दिएको छ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार











