काठमाडाैं चैत २८,
प्रमुख तीन दल संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउन सहमत भएका छन् । बालुवाटारस्थित सभामुख निवासमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहररूको बैठकमा यस्तो सहमति जुटेको हो ।
टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति जनाएका उनीहरूले विषय र प्रक्रियामा पुनः छलफल गर्ने भएका छन् ।
‘संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउन नेताह सहमत हुनुभएको छ’ सभामुख देवराज घिमिरेले बैठकपछि भने ।
अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार











