काठमाडाैं चैत २७,
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आलुको बोरा कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन आफूले जानेको बताएका छन् । पार्टीका सांसद २ करोड रुपैयाँ बार्गेनिङमा जोडिएको विवादास्पद अडियो सार्वजनिक भएपछि लामिछानेले आइतबार मध्यराती सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
उनले भनेका छन्-
ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने,जोगाउने, पाल्ने पार्टि होइन। पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि हामी सहदैनौं। कडा भन्दा कडा कारवाही गर्छौ। बेथितिको बचाउ गर्दैनौं बरु उदाङो पारी दण्डित गर्छौ। २ करोड त के पृथ्वी भरीको पैसा दिन्छु भने पनि म सँग यो धन्दा चल्दैन भन्ने सब लाई थाहा छ।हो, पार्टी नयाँ छ,मान्छे चिन्न गाह्रो छ तर नयाँ भए पनि पार्टीमा विधि छ र त चिन्ता गर्नु पर्दैन।
रगत पसिना बगाएर हामीले बनाएको पार्टी हो, आँधी हुरी सुनामी छेक्न सक्नु पर्छ। अब यसलाई चुनावी हतियार बनाउँदै थप आक्रमणका लागि भए भरको शक्ति लगाइँदै छ।
दैनिक १८ घण्टे चुनावी दौडले हल्का थाकेको छु। आज अलि चाँडै सुत्छु।आलू कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन मलाई आउँछ। थप कुरा भोलि











