काठमाडौं चैत २६,
हेली एभरेस्टको हेलिकप्टर धौलागिरी बेसक्याम्पनजिकै दुर्घटनामा परेको छ ।
बेसक्याम्पबाट पोखरा फर्किँदै गरेको हेलिकप्टर आइतवार बिहान करीब ११ बजे दुर्घटनामा परेको हो ।
हेली एभरेस्टका एक प्रतिनिधिले दुर्घटनाको जानकारी प्राप्त भएको र आफूहरूले बुझ्ने कोशिश गरिरहेको बताए ।
‘हामीले पनि बुझ्दैछौं, केहीबेरमा सबै थाहा होला,’ ती प्रतिनिधिले भने ।
सामान लिएर बेसक्याम्प गएको हेलिकप्टर सामान झारेर फर्किने क्रममा दुर्घटनामा परेको हो ।
सुरक्षा स्रोतका अनुसार दुर्घटनाको समयमा हेलिकप्टरमा पाइलट प्रिया अधिकारी मात्र थिइन् ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार











