काठमाडाैं चैत २६,
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा अन्तिम सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासमा पेशी तोकिएको छ ।
नाबालिक बलात्कारको अभियोगमा सन्दीपविरुद्ध अन्तिम सुनुवाइ हुन लागेको हो ।
यसअघि एकपटक सन्दीपका कानून व्यवसायीले स्थगित गराएका थिए भने अर्को पेशी पालो नआएपछि स्थगित भएको थियो ।
काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गएका लामिछाने उच्च अदालत पाटनको आदेशबाट २० लाख धरौटी तारेखमा रिहा भएका थिए ।
उनी बलात्कार मुद्दामा दोषी ठहर हुने वा सफाइ पाउने भन्ने कुराको फैसला काठमाडौं जिल्ला अदालतले गर्नेछ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार











