काठमाडौं चैत २५
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक दलको नेतृत्वप्रति असन्तुष्टी जनाउँदै संघीय सरकारमाथि खनिएका छन् ।
मेयर साहले आफ्नो व्यक्तिगत फेसबुक अकाउन्टबाट नेपालको सरकार भारत र चीनले बनाउने गरेको आरोप लगाएका छन् ।
‘चीन र भारतले बनाएको सरकारको कुनै इज्जत गर्दिन म, नेपाल स्वाधिन कहिले हुने रु आफ्नो अस्तित्व कहिले बनाउने रु लाज लाग्दैन रु’ उनले फेसबुकमा लेखेका छन् ।
साहले यसअघि देश सफा गर्न परे नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने भन्दै आक्रोश पोखेका थिए।











