काठमाडाैं चैत १९,
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान गरी पाऊँ भन्दै सर्वोच्च अदालतमा निवेदन पेश भएको छ ।
राहादानी दुरुपयोग मुद्दामा लामिछानेमाथि मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय खारेजी गर्दै उनीमाथि मुद्दा चलाउनुपर्ने मागसहित अधिवक्ता युवराज सफलले निवेदन दिएका हुन्।
अहिले निवेदन दर्ता नगरी सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको छ ।
‘अहिले अध्ययन गर्छौं, एक दुई दिनपछि तपाईं सम्पर्क गर्नुहोला भनेर सर्वोच्च प्रशासनले भनेको छ,’ सफलले भने ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार











