विराटनगर चैत १४,
प्रदेशसभा सदस्य सहभागी कार्यक्रममा नै पहिचान पक्षधरहरूले धर्ना दिने भएका छन् ।
दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन सांसदहरू विराटनगरमा भेला भएका छन् । विराटनगरको बिग होटेलमा कार्यक्रम भइरहेको छ । त्यही होटेलमा घेराउ गर्ने भएका हुन् ।
मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा रहेको नेपालीरिका होटलमा राखिएको थियो । शान्ति सुरक्षा कारणले सांसदले आउन नसक्ने भएपछि कार्यक्रम विराटनगरमा सारिएको हो ।
प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिका अध्यक्ष डकेन्द्र सिंह थेगिमले सांसदहरूलाई होटलमै घेराउन गर्न लागिएको जानकारी दिए। डलरको खेतीमा रमाउने सांसदले जनता मरेको पनि नदेखेका उनले प्रतिक्रिया दिए।
ुकोशीु नाम खारेज गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानका आधारमा पुनः नामांकनको माग सम्बोधन गर्नुपर्ने माग उनीहरूले गरिरहेका छन् ।
सांसदहरू सहभागी हुने कार्यक्रम र होटल घेराउ गर्न समितिका कार्यकर्ताहरू जम्मा हुने भएपछि प्रहरीले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी दीपक पोखरेलले आफूहरूले सांसदहरू सहभागी हुने कार्यक्रमलाई सुरक्षाका लागि उचित प्रबन्ध गरेको जानकारी दिए ।
चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते बेलबारी–२ का पदम लिम्बू लाजेहाङको गत १० गते मृत्यु भएको थियो ।
गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राखिएको थियो।











