काठमाडौँ, चैत ११
राष्ट्रिय जनगणना २०७८ को सार्वजनिक नतिजा अनुसार नेपालमा ९ वा सो भन्दा बढी सन्तान जन्माउने महिला ६ हजार १ सय ८० जना रहेका छन् ।
९ वा सो भन्दा बढी सन्तान जन्माउने महिलाको उमेरगत रुपमा हेर्नुपर्दा ३० देखि ३४ वर्षसम्मका १०७ जना रहेका छन् । ३५ देखि ३९ वर्षसम्मका ७४३ जना, ४० देखि ४४ वर्षसम्मका १९६० जना र ४५ देखि ४९ वर्षसम्मका ३ हजार ३७० जना रहेका छन् ।











