काठमाडाैं चैत ११,
धनुषामा २ ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।
शनिबार बिहान मिथिला नगरपालिका-३ हरिहरपुरमा दुर्घटना भएको हो।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १- ०१–००१ख ९२९२ नम्बरको ट्रक आपसमा ठोक्किएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
उनका अनुसार सुनसरीका २८ वर्षीय चालक सागर चौधरी, सह चालक अर्जुन चौधरी र मोरङका ४४ वर्षीय लोकमान श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
सर्लाहीका २० वर्षीय नारायण श्रेष्ठ घाइते भएका छन्। उनको उपचार ढल्केबर अस्पतालमा भइरहेको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार











