Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, बैशाख ०५, २०८३
☰
Logo शनिबार, बैशाख ०५, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

लोकप्रिय समाचार

  • १. “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • २. रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ३. नेपालको कडाइपछि भारतको प्रतिक्रिया : नेपाली सवारी इन्धनविहीन, सीमावर्ती बासिन्दा मारमा

  • ४. चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ५. गाजामा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु

  • ६. नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

  • ७. भरतपुरको अमृतचोकमा छाला, यौन तथा कुष्ठरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

  • ८. जनतालाई तरकारीमा लाउने लसुन छैन, नेताहरूसँग सुन नै सुन: सांसद साम्पाङ

  • ९. शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

  • १०. आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो

स्वस्थ जीवनका लागि निद्रा कति जरुरी?

डा कपिल देव उपाध्याय
काठमाडौँ,०९ चैत्र-

• मानव जाति एउटा मात्रै प्रजाति हो, जसले जानी जानी आफ्नो सुत्ने समय घटाएर अन्य उद्देश्यहरू पूरा गर्ने प्रयास गर्छ।

• विकसित तथा औद्योगिकरण भएका देशहरूमा निद्रा नलाग्ने समस्याले ठूलो जनस्वास्थ्य समस्याको रूप लिँदै छ।

• निद्रा हाम्रा लागि अप्राप्य (Non-negotiable) जैविक आवश्यकता हो।

माथिका यी भनाइहरू निद्राबारे अनुसन्धानकर्ताको हो र निष्कर्ष पनि हो। गत १० वर्षभित्र निद्राबारे थप जानकारीहरू आएका छन्।

विदेशतिर निद्रा लाग्ने औषधिहरूको धेरै प्रयोग हुन्छ भन्ने सुनिन्छ। अमेरिकामा काम गर्ने डाक्टरहरूले भन्छन् कि ‘बिरामी आफैँले निद्रा लाग्ने यो औषधिको प्रेसक्रिप्सन लेखिदेऊ’ भन्छन्। नेपालका सहरबासीहरू पनि निद्रा नलाग्ने समस्याकै कारण जँचाउन आउने पनि हुनुहुन्छ। आजकल नेपालमा पनि निद्रा लाग्ने औषधिहरू बिना प्रेसक्रिप्सन बेच्न नपाइने नियम लगाइएकाले, प्रेसक्रिप्सन लेखाउनकै लागि आउने बिरामीहरू छन्। सायद लामो समय त्यस्ता औषधिहरूको प्रयोग गरेकाले, यी बानी पर्ने औषधिहरू छाड्न सजिलो छैन।

राम्रो स्वास्थ्य र दीर्घायु जीवनका लागि सातदेखि आठ घण्टा सुत्नु आवश्यक मानिन्छ। उमेरअनुसार केटाकेटीहरूमा निद्राको आवश्यकता बढी र वृद्धहरूमा कम हुन्छ।

शोधकर्ताहरूले किन कम सुत्नुहुन्छ भनेर धेरै जनालाई प्रश्न गर्दा मुख्यत तीनवटा यस्ता कारणहरू दिइन्छ रे !
क) व्यस्तताले गर्दा समय कम भएर,
ख) मानसिक तनाव र चिन्ताले गर्दा,
ग) स्मार्ट फोन, ल्यापटप वा अन्य ग्याजेटहरू चलाउन बानी परेको छ, चलाई मनले मान्दैन।

किन निद्राको आवश्यकता पर्छ ?
निद्रा दुई किसिमका हुन्छन् : एनआरईएम (NREM) र आरइएम (REM)। यी दुवै खाले निद्रा सुतेका बेला पालैपालो पर्छ। एनआरइएम निद्रा निकै गहिरो खालको निद्रा हो। यसका पनि विभिन्न तह छन्। सुतेपछि पहिलो, दोस्रो तह हुँदै गहिरो निद्रा पर्छ। यसपछि आरइएम निद्रा पर्छ। केही समयपछि फेरि पहिलो निद्रा पर्छ, यही क्रम चलिरहन्छ। जति बिहान हुँदै गयो, आरइएम निद्रा बढी र अर्को गहिरो निद्रा कम हुँदै जान्छ। दुवै किसिमका निद्राको आ- आफ्नै महत्त्व छ। आरइएम निद्रामा सपना देखिन्छ। देखेको सपना याद हुन सक्छ या नहुन पनि सक्छ।

पढेको बुझ्न र सम्झनका लागि निद्रा आवश्यक छ। यसबारे केही प्राविधिक कुरा गरौं। सम्झिने तरिकाको कुरा गर्दा इमिडिएट मेमोरी : अरूले भनेको अहिले सम्झिने, सर्ट टर्म मेमोरी : पढेको, घोकेको कुरा २४ घण्टासम्म सम्झिने र लामो समयसम्म सम्झिने (लङ टर्म मेमोरी) हुन्छन्।

सर्ट टर्म मेमोरीको फाइल मस्तिष्कको हिप्पोक्याम्पस भन्ने भागमा रजिस्टर्ड हुन्छ र यो मेमोरी फाइल मस्तिष्कको कर्टेक्समा ट्रान्सफर गरेपछि मात्र सधैँका लागि सम्झनामा रहन्छ।

एनआरइएम स्लिपको गहिरो निद्रामा मस्तिष्कमा डेल्टा वेभ र स्लिप स्पिन्डल उत्पन्न हुन्छन् र यिनले हिप्पोक्याम्पसमा रजिस्टर्ड भएको मेमोरी सैरेब्रल कर्टेक्समा ट्रन्सफर गर्छन् अनि मात्र लामो समयसम्म पढेको कुरा सम्झिन सकिन्छ।

अर्थात् पढ्ने बालबालिकाहरू, विद्यार्थीहरू, अन्य लेखपढ गर्नेहरू अफिसको काम गर्नेहरू, प्राविधिकहरू आदि जोकोहीलाई पनि राम्रो सम्झिनका लागि निद्रा आवश्यक पर्दो रहेछ। उत्पादनशीलताका लागि र रचनात्मक कामका लागि पनि निद्रा आवश्यक मानिन्छ।

निद्रा पाचन क्रिया राम्रोसँग चल्न र शरीरबाट बाहिर फ्याँक्नुपर्ने पदार्थहरू फ्याँक्न, शरीरमा हर्मोनहरू उत्पादन गर्न र रोगसँग लड्ने सक्ने क्षमता (इम्युनिटी) ठीक राख्न आवश्यक पर्छ। मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थी (Pituitory gland) बाट निस्कने ग्रोथ हर्मोन (Growth harmons) निदाएका बेलामा निस्किन्छ। यसको काम मांसपेशी (muscles) बढ्न, हड्डी बढ्न र बोसोको पाचन क्रियामा काम लाग्छ। त्यस्तै पुरुषमा हुने टेस्टोस्टेरोन सेक्स हर्मोन राम्रोसँग नसुत्नेहरूमा निकै कम उत्पादन हुन्छ र यसले रिप्रोडक्टिभ हेल्थमा असर पार्छ। त्यसैले राम्रो शारीरिक र मानसिक स्वास्थ्यका लागि आवश्यक मात्रामा सुत्नुपर्छ।

कम सुत्नाले के हुन्छ ?
दैनिक पाँच घण्टाभन्दा कम सुत्नेहरूमा मधुमेह, उच्च रक्तचाप, हृदयाघातको खतरा, चिन्तारोग, डिप्रेसन र मोटोपना जस्ता समस्याहरू हुन्छन् भन्ने शोधकर्ताहरूको भनाइ छ। त्यस्तै अनिँदोका कारण सडक दुर्घटनाको खतरा बढ्छ। सायद यसैकारण नेपालमा नाइट बसहरूको दुर्घटना बढी हुने गरेको होला। राति लगातार निद्रा नलागे आत्महत्याको विचार आउने, आत्महत्याको प्रयास गर्ने वा आत्महत्या नै गर्ने सम्भावना बढ्छ।

दैनिक रातमा चार घण्टाभन्दा कम सुत्नेहरूमा विभिन्न किसिमका क्यान्सरहरूको खतरा बढ्छ। जस्तै : ठूलो आन्द्रा, प्रोस्टेट र ब्रेस्ट क्यान्सर आदि। दिउँसोको बदला राति काम गर्नेहरूलाई वा नाइट सिफ्टमा काम गरिरहनुपर्नेलाई पनि स्वास्थ्यको हिसाबले हानिकारक छ।

निद्रा मस्तसँग लाग्ने भए पनि आफ्नो व्यस्तताले गर्दा नसुत्दा हुने समस्याहरू र बेफाइदाका कुरा त भयो।

निद्रा नै नलागे के गर्ने त ?
निद्रा नलाग्ने कारणहरूमा शारीरिक र मानसिक रोगहरू हुन सक्छन्। जस्तै :
• जोर्नीहरू दुख्ने विभिन्न किसिमका बाथरोगहरू,
• दम, खोकी र छातीसम्बन्धी रोगहरू,
• कुनै पनि दीर्घ रोगहरू, दुख्ने र सास फेर्न अप्ठ्यारो हुने,
• मानसिक तनाव,
• चिन्तारोग, डिप्रेसनलगायत करिब-करिब सबैखाले मानसिक स्वास्थ्य समस्याहरू,
• जीवनमा आइपर्ने अप्रिय घटनाहरू।

अप्रिय घटनाकै कारण निद्रा नलाग्ने समस्या प्रायः आफैँ ठीक हुन्छ। मानसिक तनाव घटाउने तरिकाहरू सिक्दा हुन्छ र अन्य रोगहरूको उपचार गरे निद्रामा सुधार हुनेछ।

कुनै स्वास्थ्य समस्या छैन तर निद्रा लाग्दैन
इनसोम्निया (Insomnia) वा निद्रा नलागे दुई किसिमका समस्या हुन्छन्। प्राइमरी इनसोम्निया जुनमा कुनै कारण भेटिंदैन र सेकेन्डरी इनसोम्निया जसका कारणहरू माथि भनिए जस्तै हुन्छन्। प्राइमरी इनसोम्निया पनि। बिनाकारण त हुँदैन, खोज्दै जाँदा कारण भेट्न सकिन्छ। जस्तै :
• स्लिप एपनिया (Sleep Apnea) : निदाइरहेका बेलामा सास फेर्ने क्रम ढिलो-ढिलो हुँदै अचानक थोरै समय रोकिन्छ र व्यक्ति जाग्छ। निद्रा खलबलिन्छ र यही क्रम दोहोरिन्छ। घुरेर सुत्ने व्यक्तिमा यस्तो समस्या हुन सक्छ।

आजकल घुरेर सुत्नेहरूका लागि उपचार विधि उपलब्ध छ। नाक, कान, घाँटीका चिकित्सकसँग जँचाएर जानकारी लिन सकिन्छ।

त्यस्तै स्लिप हाइपोपनिया (Sleep Hypopnia) र लिमिटेड एयर फ्लो (Reduction of airflow) का कारण निद्रामा समस्या हुन्छ। नाकको एलर्जी, पोलिप, नाकभित्रको हड्डी बाङ्गो भएर आदि निदाएका बेला श्वासप्रश्वासमा कठिनाइ हुन्छ, यसको पनि उपचार छ। इनसोम्नियामा सुत्न गयो, निद्रा नलाग्ने समस्या हुन सक्छ वा एक पटक निदाएर जाग्यो, फेरि निद्रा नलाग्ने पनि हुन सक्छ। निद्रा राम्रो नलागेपछि देखिने केही लक्षणहरू :
जिउ गल्ने र जाँगर नहुने,
कुनै कुरामा ध्यान एकत्रित गर्न नसक्ने,
मन वा मुड खराब हुने वा ठीक नहुने,
घर, स्कुल वा अफिसमा काम राम्रो गर्न नसक्ने।

यदि तपाईंलाई निदाउन वा एक पटक निदाएर जागेपछि फेरि निदाउन नसक्ने समस्या छ वा बिहान धेरै छिटो निद्रा खुल्छ र बिहान उठेपछि शरीरमा तागत वा स्फूर्तिको अनुभव हुँदैन, उल्टै थकान महसुस हुन्छ भने निद्राको कारण पनि हुन सक्छ।

यदि कुनै बाह्य कारणहरू, जस्तै : बच्चाको स्याहार गर्ने, कामको प्रेसरले वा अरू कुनै कारणले राति सुत्न नपाउनेहरू दिउँसो केही छिन् सुत्नुलाई राम्रो मानिन्छ। तर राति निद्रा नलाग्नेहरू दिउँसो सुत्नुहुँदैन किनकि निद्राको साइकल दिउँसो जाग्ने र राति सुत्ने क्रम झन् बिग्रिन्छ।

निद्राका फाइदा र कम सुत्दाका बेफाइदाहरू धेरै छन्। राम्रो निर्णय लिनका लागि निद्रा आवश्यक मानिन्छ। समस्याहरू समाधान गर्न निद्रा आवश्यक छ। भनाइ पनि छ, “समस्या समाधान भएन भने यससँग सुत्नुस् र जागेपछि समाधान गर्ने प्रयास गर्नुहोस्। (Sleep on the problem or sleep with the problem)

निद्रा नलाग्ने समस्या छ, रोग छैन भने के गर्ने ?
• निद्रा लाग्ने औषधिहरू धेरै छन् तर ती औषधिको साइड इफेक्टहरू छन्, आदत पार्ने खालका छन्, त्यसैले पहिलो प्राथमिकताभित्र पर्दैनन्। सकिन्छ भने ती नलिनु नै ठीक हो वा त्यस्ता औषधिहरू अन्तिम उपाय मात्र हुन सक्छन्।

• आजकल इनसोम्नियाका लागि सिबिटिआई (CBT-T) अर्थात् कगनिटिभ बिहेवियर थेरापी फर इन्सोम्निया विधि प्रचलित छ। मनोविद् वा क्लिनिकल साइकोलोजिस्टहरूले यो तरिका सिकाउनुहुनेछ। त्यसपूर्व तल केही बुँदाहरू दिइएका छन्, जुन निदाउनका लागि प्रयोग गर्न सक्नुहुन्छ।

• निद्राको साइकल नबिग्रियोस् भनेर समयमा सुत्ने र समयमा उठ्ने नियमित गर्नु उत्तम हो।

• सन्तुलित पोषणयुक्त आहार, शारीरिक व्यायाम र आफ्नो शरीरको स्याहार गरी निरोगी हुन आवश्यक छ।

• राति बेडमा सुत्न जाँदा दिनभरिका तनाव, चिन्ता र समस्यालाई लामो-लामो सास फ्याँकेर तनावरहित भएर सुत्ने गर्नुहोस्। कुनै विचार आए लेट गो वा होस् भन्नुहोस्।

• स्लिप हाइजिनमा ध्यान दिनुहोस्। सिगरेट नपिउने, कफी बेलुका चार बजेपछि नपिउने, मद्यपानले निद्रा उल्टै बिगार्छ, त्यसैले नपिउने गर्नुहोस।

• शरीरलाई रिल्याक्स गर्न र मनलाई शान्त पार्न ध्यान गर्ने विधि छन्, आँखा चिम्म गरेर आफूलाई आनन्द आएको घटना र दृश्य मनमा ल्याएर रमाउने कोसिस गर्नुहोस् वा शरीर र मन रिल्याक्स गर्ने तरिकाहरू सिक्नुहोस् र अभ्यास गर्नुहोस्।

• आफ्नो सुत्ने कोठा शान्त, अँध्यारो र अन्दाजी १८ – १९ डिग्री सेन्टिग्रेड तापक्रम भए राम्रो। सुत्ने कोठामा मोबाइल, आवाज दिने घडी, टेलिभिजन वा कम्प्युटर स्क्रिन अन गरेर नराख्ने।

• निद्रा आए पनि ठीक छ वा नआए पनि कुनै समस्या छैन भन्ने सोच राख्नुहोस्। जबरजस्ती निदाउँछु भन्दैमा निद्रा लाग्ने पनि त होइन।

• यदि मेडिटेसन सिक्नुभएको छ भने शिरदेखि पाउसम्म वा खुट्टाका औंलादेखि शिरसम्म शरीरका विभिन्न अङ्गहरू रिल्याक्स गर्ने गर्नुहोस्।

• दैनिक केही समय घाममा देखिनुहोस्।

• बेलुका स्मार्ट फोन- कम्प्युटर सकभर नचलाउनुहोस्।

अन्त्यमा, निद्रा आफ्नै शारीरिक र मानसिक स्वास्थ्यका लागि आवश्यक छ। उत्पादनशीलता र रचनात्मक कामका लागि पनि निद्रा आवश्यक छ। गहिरो निद्रा र सपना देखिने निद्रा दुवैको आफ्नै महत्त्व छ। निद्राले मस्तिष्क र शरीरलाई रिचार्ज गर्छ, स्मरण शक्तिलाई बलियो बनाउँछ। पढ्ने र सिक्ने क्षमतालाई बलियो पार्छ, अनेकौँ रोगहरूसँग लड्न सक्ने क्षमता बढाउँछ र सहज ज्ञान प्राप्त गर्न सहयोग गर्छ। निद्राले सात- आठ घण्टाको सांसारिक क्रियाकलापबाट मुक्त गर्छ र सानो छुट्टी मनाए जस्तै मन नै आनन्दित भएको अनुभव गराउँछ। शरीरको सुन्दरता र चमकलाई पनि यसले कायम राख्छ। त्यसैले निद्रालाई सकेसम्म बढी प्राथमिकता दिनुहोस्। आनन्दले सुत्न चाहन्छु तर कसरी ? भन्नुहोला। स-साना बच्चाहरू सुतेको हेर्नुहोस्, बालबालिकाहरू सुतेको हेर्नुहोस्, निश्चिन्त भएर चिन्तारहित भएर सुत्नुहोस्। हामी पनि बाल्यकालमा निदाउँथ्यौँ, अहिले हामीले आफूले जानेको पनि बिर्सियौँ। निश्चिन्त भएर सुत्न फेरि सिक्नुपर्छ होला।

भन्ने गरिन्छ, तपाईं सात-आठ घण्टा मस्तसँग सुत्नुहुन्छ, दिसा पिसाब सफा हुन्छ, काम गर्ने उत्साह सबै छ, खाना मीठो हुन्छ र मन खुसी छ भने तपाईं स्वस्थ हुनुहुन्छ।

पूर्वीय दर्शनअनुसार काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यले हामीलाई सताइरहेका हुन्छन्। भनिन्छ, हाम्रा विचारहरू मित्र पनि हुन सक्छन् र शत्रु पनि हुन सक्छन्। आफूलाई दुःख दिने विचारहरू त्याग्नुहोस्।(स्वास्थ्य खबर बाट)

Chitwan Aaja चितवन आज
बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ
तनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण
चितवनका प्रहरी सहायक हवल्दार पवन गिरी ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषित

ताजा समाचार

सबै

गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

तनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

चितवनका प्रहरी सहायक हवल्दार पवन गिरी ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषित

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

भारतमा मिनिबस दुर्घटना : १० जनाको मृत्यु

मधेश र लुम्बिनी प्रदेशका सांसदसँग गृहमन्त्रीको छलफलः सीमापार तस्करी नियन्त्रणमा जोड

कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु

‘अनलाइन’ बाट मतदाता नामावली दर्ता गर्नेको सङ्ख्यामा वृद्धि

सर्वोच्च अदालतको निर्णयले पार्टीलाई बलियो बनाउने यात्रामा अघि सारेको छः सभापति थापा

बिस्केट जात्राको अन्तिम दिनः भक्तपुर र बोडेमा लिङ्गो ढालियो

कच्चापदार्थ महँगिएपछि प्रशोधित पिउने पानीको मूल्य बढाउने महासंघको निर्णय

बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा राजीनामा

एसइईपछि फुर्सदमा रहेका विद्यार्थीका लागि ‘गुरुकुल एसइई फुटसल कप’

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

सभापति चयन भएपछि ढकाल भन्छन्सस्मितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • २.
    रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ३.
    नेपालको कडाइपछि भारतको प्रतिक्रिया : नेपाली सवारी इन्धनविहीन, सीमावर्ती बासिन्दा मारमा

  • ४.
    चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ५.
    गाजामा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु

  • ६.
    नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.