काठमाडौं फागुन २४,
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारले कठोर निर्णय गर्नुपर्ने बताएका छन् ।
नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रमलाई मंगलवार राजधानीमा सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।
उनले अब केही दिनमा नयाँ सरकार बन्ने र समस्या समाधान गर्ने दाबी गरे ।
‘पछिल्लो समय अर्थतन्त्रका सन्दर्भमा संसद्मा प्रधानमन्त्रीदेखि सांसदहरू समेतले अर्थतन्त्र संकटमा छ भन्ने गरेका छन् । अब अर्थतन्त्रको संरचनागत सुधार गर्नतिर नलाग्ने हो भने अर्थतन्त्रमा समस्या आइरहन्छ,’ उनले भने, ‘अर्थतन्त्रमा देखिएका समस्या स्मार्ट सरकारले समाधान गर्न सक्छ । सरकार स्मार्ट हुनुपर्छ । अहिलेको राजनीतिक घटनाक्रमसँगै केही दिनमा नयाँ सरकार बन्छ । सरकारले चाहेको खण्डमा अहिले चलिरहेको संसद् अधिवेशनबाट नेपाल ऐनको मार्फत २२र२४ कानून सजिलै पास गर्नसक्छौं ।’
मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले तत्काल केही महत्त्वपूर्ण कदम चाल्न आवश्यक रहेको उनले बताए । थापाले नेपाली कांग्रेस सरकारमा गएसँगै अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि तत्काल सुधारका योजना अघि साने प्रतिबद्धता व्यक्त गरे ।
अर्थतन्त्र निश्चित ढाँचा र ढर्राबाट चलिरहेको र यसलाई संरचनागत सुधार तथा उपचार नगर्ने हो भने कुनै न कुनै बेला थला पर्ने अवस्था रहेको उनले बताए ।
अर्थतन्त्र सुधारका लागि संरचनागत सुधार गर्न ढिला भइसकेको भन्दै उनले अब पनि कुनै कदम नचाले अर्थतन्त्र थप संकटमा जाने बताए भयो ।