Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, बैशाख १८, २०८३
☰
Logo शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ७. सुक्खाले बढायो डढेलो र प्रदूषण

  • ८. कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

  • ९. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • १०. सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

सुदूरपश्चिममा प्रधानमन्त्रीसहित एक सय ४३ प्रतिनिधिसभा सदस्य उम्मेदवार

कैलाली ,असोज २४-
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि १६ वटा प्रतिनिधिसभा सदस्य सिट रहेको सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री शेरबहादुर देउवासहित एक सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधि सभा र प्रदेशसभामा सबैभन्दा बढी उम्मेदवारी परेको छ । सुदूरपश्चिमका नौवटै जिल्लाका प्रतिनिधिसभाका १६ सिटमा एक सय ४३ र ३२ प्रदेशसभा निर्वाचन क्षेत्रका लागि दुई सय ३० जनाले उम्मेदवारी दिएका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरामा सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । प्रधानमन्त्री देउवाले डडेल्धुरामा विसं २०४८ यताका सबै निर्वाचनमा विजयी हुँदै आएका छन् । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री देउवासहित ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा प्रमुख राजनीतिक दलका उम्मेदवारदेखि स्वतन्त्रसम्म रहेका छन् । त्यसैगरी दुई प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ११ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सुदूरपश्चिमको ठूलो जिल्ला कैलालीमा पाँच प्रतिनिधिसभा सदस्यको सिटमा ४८ जनाले उम्मेदवारी दिएका छन् । सुदूरपश्चिमको प्रदेश राजधानी कैलालीमा राष्ट्रिय राजनीतिमै परिचित अनुहार उम्मेदवारका रुपमा रहेका छन् । यहाँ पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव लेखकराज भट्ट, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका प्रदेश अध्यक्ष वीरबहादुर बलायरदेखि पूर्वमन्त्री एवं नेकपा एमालेका नेता नारदमुनी रानासम्म उम्मेदवार रहेका छन् ।

कैलालीका १० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रमुख राजनीतिक दलदेखि स्वतन्त्रसम्म गरेर ९६ जनाले उम्मेदवारी दिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिए । कैलालीमा सत्ता गठबन्धन, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । त्यसैगरी तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा प्रतिनिधिसभाका लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ निर्वाचन क्षेत्र नं। १ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रकी नेत्री एवं पूर्वमन्त्री विना मगर प्रतिनिधिसभाको उम्मेदवार छिन् ।

त्यसैगरी ‘हेविवेट’ तर्फ क्षेत्र नं। २ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश साउँद र निर्वाचन क्षेत्र नं। ३ मा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखक उम्मेदवार रहेका छन् । नेकपा एमालेका तर्फबाट निर्वाचन क्षेत्र नं। १ मा सुदूरपश्चिम पूर्वमन्त्री तारा लामा, निर्वाचन क्षेत्र नं. २ मा एमाले नेता नरबहादुर धामी र निर्वाचन क्षेत्र नं। ३ मा नेत्री निरुदेवी पाल चुनावी मैदानमा छन् । त्यसैगरी छ वटा प्रदेशसभा सदस्यको सिट रहेको कञ्चनपुरमा ५५ जनाले उम्मेदवारी दिएका छन् । जसमा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकाश रावल, संविधानसभा सदस्य दिवान विष्ट उम्मेदवार रहेका छन् । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा एउटा प्रतिनिधिसभा सदस्यका लागि नौ जनाले उम्मेदवारी दिएका छन् ।

दार्चुलामा सत्ता गठबन्धनबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू उम्मेदवार बनेका छन् । नेकपा एमालेका तर्फबाट पूर्वमन्त्री गणेशसिंह ठगुन्ना उम्मेदवार छन् । यसअघिका प्रत्यक्ष निर्वाचनमा ठगुन्नाले मन्त्री बडूलाई पराजित गरेका थिए । दुई प्रदेशसभा सदस्य रहेको दार्चुलामा प्रदेशका लागि १३ जनाले उम्मेदवारी दिएका छन् । दुई प्रतिनिधिसभा सदस्यको सिट रहेको अछाममा श्रम, रोजगारी तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले उम्मेदवारी दिएका छन् ।

अछाममा प्रतिनिधिसभा सदस्यका लागि ११ जनाले उम्मेदवारी दिएका छन् । प्रदेशसभातर्फ चार सिटका लागि १३ जनाले उम्मेदवारी दिएका छन् । सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्रबहादुर कुँवरले उम्मेदवारी दिएका छन्। यस्तै बैतडीमा १२ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । एक मात्र प्रतिनिधिसभा सदस्य सिट रहेको बैतडीमा गठबन्धनका उम्मेदवार नरेन्द्र बहादुर कुँवर र नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री दामोदर भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यहाँ पनि प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र व्यक्तिले उम्मेदवारी दिएका छन् । दुई प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको बैतडीमा प्रदेशसभातर्फ ११ जनाले उम्मेदवारी दिएका छन् ।

पुरानो सदरमुकाम रहेको डोटी जिल्लामा प्रतिनिधिसभा सदस्यमा छ जनाले उम्मेदवारी दिएका छन् । पूर्वपर्यटनमन्त्री प्रेम आले यहाँ सत्ता गठबन्धनका उम्मेदवारी दिएका छन् । यस्तै नेकपा एमालेबाट नेत्री गौरी ओली उम्मेदवारी दिएकी छन् । डोटीमा दुई प्रदेशसभा सिटका लागि सात उम्मेदवार छन् । सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा पनि प्रतिनिधिसभाको एक मात्रै सिट रहेको छ । बाजुरा जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । दुई वटा प्रदेशसभा सिटमा यहाँ नौ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले जानकारी दिए ।

बाजुरामा राजनीतिक दलदेखि स्वतन्त्रले उम्मेदवारी दिएपछि यहाँ नेपाली कांग्रेसका उम्मेदवार कांग्रेस सहमहामन्त्री बद्री पाण्डे र नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री कर्णबहादुर थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । बझाङ जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि १० प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि १२ जनाले उम्मेदवारी दिएका छन् ।

बझाङमा सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री भानुभक्त जोशी र नेकपा एमालेबाट युवा नेता ऐन महरलगायत उम्मेदवार रहेका छन् । सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार चार मतदाता रहेका छन् । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी मतदाता कैलालीमा पाँच लाख पाँच सय १४ रहेका छन् । कञ्चनपुरमा तीन लाख दुई हजार पाँच सय नौ, डडेल्धुरामा ९१ हजार दुई सय एक, बैतडीमा एक लाख ४० हजार दुई सय एक मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा ८९ हजार क सय ५४, डोटीमा एक लाख २४ हजार आठ सय ७०, बझाङमा एक लाख २२ हजार तीन सय ७६ मतदाता रहेका छन् । यहाँको अछाम जिल्लामा एक लाख ५८ हजार छ सय ५७ र बाजुरामा ८३ हजार पाँच सय ६७ मतदाता रहेका छन् । सुदूरपश्चिम प्रदेशको कूल जनसङ्ख्या २७ लाख ११ हजार दुई सय ५० रहेको छ । रासस

Chitwan Aaja चितवन आज
सोमबार, असोज २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य
‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले
चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

ताजा समाचार

सबै

दीपेन्द्रको शानदार शतक : नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले

चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

यस्तो छ आजको राशिफल

सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

सुनचाँदीको मूल्यमा केही गिरावट

करेन्ट लागेर महिलाको मृत्यु

हेर्नुहाेस् आजको राशिफल राशिफल

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

सुकुमवासीबारे रवि लामिछानेले भने : सरकारले कसैलाई घरबारविहीन बनाउँदैन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६.
    के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.