Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, जेठ २६, २०८३
☰
Logo मङ्गलबार, जेठ २६, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सीला आले मगरको धमाकेदार सांगीतिक प्रस्तुतिसँगै स्टार्स मन्टेश्वरी एकेडेमीले भव्य रूपमा मनायो आफ्नो १६ औँ वार्षिकोत्सव ।

भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

लोकप्रिय समाचार

  • १. माडीका पर्यटकीयस्थलको प्रचारका लागि गोलघर

  • २. बार्षिक ५ हजारमै ‘सजिलो एटेन्डेन्स’ : सानादेखि ठूला व्यापारको HR व्यवस्थापन झनै सहज

  • ३. अजित मिजारको न्यायको माग गर्दै कांग्रेसका युवाहरुद्वारा प्रदर्शन

  • ४. सर्लाहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

  • ५. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ६. सुनचाँदीकै मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?

  • ७. शिक्षामा नविन रुपान्तरण ल्याउने उद्देश्यले चितवनमा तीन दिने राष्ट्रिय सम्मेलन गरिँदै

  • ८. सार्वजनिक लेखा समितिको बैठक स्थगित

  • ९. चितवन भरतपुरको कारागारका कैदीमा ‘भाइरल’ ज्वरो

  • १०. भरतपुरमा स्कुल बसको ठक्करबाट मृतक साइकलयात्रीको पहिचान खुल्यो

सङ्घीय संसदमा ६३ विधेयक विचाराधीन, १४ नयाँ दर्ता

काठमाडौं ,असार २६-
सङ्घीय संसद्को चालु अधिवेशनसम्म आम चासोका रुपमा रहेका दुवै सदनमा गरी कूल ६३ विधेयक विचाराधीन अवस्थामा रहेका छन् । तीमध्ये सङ्घीय संसद्को तेस्रो अधिवेशन देखिकै विधेयकहरु पनि अड्किएर रहेका छन् । प्रतिनिधिसभामा ४७ र राष्ट्रियसभामा १६ विधेयक विचाराधीन रहेका छन् ।

यस अधिवेशनमा दुवै सदनबाट विनियोजन विधेयक, २०७९ सहित बजेटसँग सम्बन्धित र अन्य गरी छ वटा विधेयक पारित र तीमध्ये राष्ट्रपति विद्यादेवी भण्डारीबाट दुई विधेयक प्रमाणीकरण भएको छ भने लोकसेवा आयोग विधेयक, २०७५ प्रमाणीकरणको प्रक्रियामा रहेको छ ।

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा ११ औँ र राष्ट्रियसभाको १२ औँ अधिवेशन गत जेठ ३ गतेदेखि चलिरहेको छ । दुई पटकसम्म संसद् विघटन, सर्वोच्च अदालतको फैसलाबाट पुनः स्थापना र पुनःस्थापनापछि पनि सत्तापक्ष र प्रतिपक्षको बेमेल र पटकपटक सदनमा अवरोध र बहिष्कारको स्थितिका कारण नेपालको संविधानबमोजिम बन्नुपर्ने सङ्घीय ऐन तर्जुमामा ढिलाइ भएको हो । विभिन्न मन्त्रालय र विषयसँग सम्बन्धित नयाँ सङ्घीय ऐन नबन्दा संविधानका अनुसूची र अधिकार प्रत्यायोजनाको व्याख्या र अधिकारको कार्यान्वयनमा अन्योल उत्पन्न भएको छ । कानुनी अन्योलले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच उचित समन्वय हुन सकेको छैन ।

आम चासोका रुपमा रहेका सङ्घीय निजामती विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधेयक, २०७९, सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९, सूचना प्रविधिसम्बन्धी विधेयक, २०७५, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ लगायत छन् ।

राष्ट्रियतासँग जोडिएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ तीन वर्षसम्म संसद्को राज्य व्यवस्था सुशासन समितिमा दफाबार छलफल पश्चात सदनमा पेश भएकामा गत शुक्रबारको प्रतिनिधिसभा बैठकबाट सरकारले फिर्ता लिएको छ । सरकारले सोसम्बन्धी नयाँ विधेयक राष्ट्रियसभामा दर्ता गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) ले सो विधेयक छिटो पारित गर्नुपर्नेमा फिर्ता लिइएकामा विरोध गर्दै उमेर पुगेर पनि संविधानतः नागरिकता लिन पाउने अधिकारबाट लाखौँ युवालाई निराश नबनाउन सरकारसँग आग्रह गरेको छ । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले विपक्षीको चिन्ताप्रति जवाफ दिँदै सर्वदलीय परामर्श र सहमति चाँडै नयाँ विधेयक पारित गराइने प्रतिबद्धता व्यक्त गरे । विचाराधीन रहेकामध्ये अधिकांश विधेयक अघिल्लो सरकारले संसदमा पेश गरेका विधेयक छन् ।

अघिल्लो सरकारले जारी गरेका आठ अध्यादेशलाई पनि प्रतिस्थापन विधेयकका रुपमा कानुन बनाउन बाँकी रहेको छ । ती अध्यादेश आउँदो २ गतेभित्र प्रमाणीकरण हुन नसके शून्यमा जाने सङ्घीय संसद् सचिवालयका उपसचिव नुमराज खनालले बताए । तिनमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९, रेल्वे विधेयक, २०७९, औषधि (तेस्रो संशोधन) विधेयक, २०७९, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधेयक, २०७९, सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ यौन हिंसा विरुद्धका केही ऐनलाई संशाधन गर्ने विधेयक, २०७९, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ छन् । राष्ट्रियसभामा विचाराधीन विधेयकमा कोभिड १९ सङ्कट व्यवस्थापन विधेयक २०७८ र शपथसम्बन्धी विधेयक, २०७८ र योगमाया आयुर्वेदिक विश्वविद्यालय विधेयक, २०७६ र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ रहेका छन् ।

राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा सन्देशसहित पठाइएका १४ विधेयक विचाराधीन छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकले योगमाया आयुर्वेदिक विश्वविद्यालय विधेयक, २०७६ पारित गरी राष्ट्रियसभामा पठाएको छ । माथिल्लो सभामा फिर्ता हुन बाँकी तीमध्ये ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५, नेपाल मिडिया काउन्सिल विधेयक, २०७५, काठमाडौँ उपत्यका यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६, नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६, नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६, नेपाल हवाइ सेवा प्राधिकरण विधेयक, २०७६, तथ्याङ्क विधेयक, २०७६, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९, रेल्वे विधेयक, २०७९, औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ लगायत रहेका छन् ।

प्रतिनिधिसभामा गैरसरकारी विधेयकका रुपमा एमालेका सांसद शेरबहादुर तामाङबाट पेश गरिएको गाँजा खेती (व्यवस्थापन) विधेयक, २०७६ र जनता समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णबाट पेश गरिएको नेपालको संविधान (दोस्रो संशोधन), २०७७ दर्ता भएर प्रक्रियाको प्रतिक्षामा रहेका छन् ।

चौध नयाँ विधेयक दर्ता

सरकारले दुवै सदनमा गरी १४ वटा नयाँ विधेयक दर्ता गरेको छ । त्यसमध्ये प्रतिनिधिसभामा १० र राष्ट्रियसभामा चार विधेयक छन् । नयाँ विधेयकमा अधिकांश अध्यादेशलाई प्रतिस्थापन गर्नेसम्बन्धी विधेयक छन् । नयाँ दर्ता भएकामध्ये गैरसरकारी विधेयक बेवारिसे स्थितिमा रहेको छ । विधेयक छिटो पारितका लागि सभामुख सापकोटाको पहल प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले महत्वपूर्ण विधेयक शीघ्र पारित गरेर सङ्घीयता कार्यान्वयनका लागि पहल गर्न आफूले सबै संसदीय समितिलाई आग्रह गरेको र केही विधेयक अगाडि बढाउन सम्वद्ध पक्षलाई ध्यानाकर्षण गराउँदै आएका छन् ।

यही असार १२ गते संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास–पहिलो संसददेखि सङ्घीय संसदसम्म’ पुस्तक सार्वजनिक कार्यक्रममा सभामुख सापकोटाले लामो समयदेखि अड्किएको नेपाल नागरिकता विधेयकले निकास नपाउँदा हजारौँ युवाले नागरिकता पाउन नसकेकामा चिन्ता व्यक्त गर्दै त्यसलाई अगाडि बढाउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालालाई आग्रह गरेको जनाएका थिए । – रासस

Chitwan Aaja चितवन आज
आइतबार, असार २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’
बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ५ लाख नाघ्यो, ६ लाख पुग्ने अनुमान

ताजा समाचार

सबै

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ५ लाख नाघ्यो, ६ लाख पुग्ने अनुमान

तनहुँका स्थानीय तहमा मगर भाषा पठनपाठन गरिँदै

चितवनमा लगाइएको चैते धानमा ‘नेक ब्लास्ट’ रोगको सङ्क्रमण

विपक्षी दलहरूद्वारा मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरोध

सडकमा मार्कर राखेर अनुदान शिक्षकको विरोध प्रदर्शन

मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक

‘देवचुलीमा सञ्चालित सामुदायिक होमस्टेले बदलिँदै थारू महिलाको जीवनशैली

बासी तथा सडेगलेको खाना खाजा खुवाउने भरतपुरको शिव शम्भु मिष्ठान्न भण्डार चितवन प्रशासनले बन्द गर्‍यो

प्रतितोला २ हजार बढेर सुनको मूल्य ३ लाख १ हजार ९ सय कायम

चितवन मेडिकल कलेजमा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न

बागमती प्रदेश र चितवन उद्योग वाणिज्य संघबीच निजी क्षेत्रका समस्या र सम्भावनाबारे छलफल

लुम्बिनीका पाँच मन्त्रीले लिए शपथ

विद्युत बक्यौता असुली गर्न मन्त्रीको निर्देशन पर्खिएर बस्नुपर्दैनः मन्त्री श्रेष्ठ

दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिकः अर्थमन्त्री वाग्ले

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    माडीका पर्यटकीयस्थलको प्रचारका लागि गोलघर

  • २.
    बार्षिक ५ हजारमै ‘सजिलो एटेन्डेन्स’ : सानादेखि ठूला व्यापारको HR व्यवस्थापन झनै सहज

  • ३.
    अजित मिजारको न्यायको माग गर्दै कांग्रेसका युवाहरुद्वारा प्रदर्शन

  • ४.
    सर्लाहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

  • ५.
    कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ६.
    सुनचाँदीकै मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech