ओखलढुंगा, कात्तिक २३
ओखलढुंगामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका- ११ रमाइलो डाँडास्थित फ्रेण्डसिप वर्कसपमा गएराति तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा वर्कसपका सञ्चालक सुनकोशी गाउँपालिका- ९ बस्ने २८ वर्षीय लेखबहादुर सुनुवारलगायत ६ जना छन् ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ७ सय रुपैयाँसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूको साथबाट ७ थान मोबाइल र १ बुक ताससमेत बरामद भएको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











