काठमाडाैं, भदौ ७
भारतको उत्तराखण्डमा पहिरोमा परी चारजना नेपाली मजदुरको मृत्यु भएको छ । रुद्रप्रयाग जिल्लास्थित केदारनाथ जाने सडकमा गएको पहिरोमा परी चार नेपाली मजदुरको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारी वर्षा भइरहेको समयमा बिहीवार राति करिब साढे १ बजे पहिरो खसेको थियो । सोही पहिरोमा मजदुर पुरिएको सूचना पाएपछि भारतीय प्रहरी उद्धारका लागि पुगेको थियो । त्यहाँ चार नेपालीको शव भेटिएको नवभारत टाइम्सले जनाएको छ ।
मृत्यु हुनेहरूको सनाखत भइसकेको छ । चारमध्ये तीन जना चितवनका रहेको पाइएको छ ।