महोत्तरी, भदौ २
महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एक जनाले कुटपिटगरी श्रीमतीको हत्या गरेका छन् ।
स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ श्रीमती वर्षीया रोशना खातुनलाई कुटपिटगरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए । घटनापछि फरार भएका हबिबको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
श्रीमतीसँगको घरायसी झगडामा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए । समयमै उपचार नहुँदा निजको मृत्यु भएको हो।
रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइको छ ।







