काठमाडौं साउन २२
गुल्मीमा पहिरोमा परी चारजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् । मंगलबार बिहान मुसिकोट नगरपालिका–१, बिसौनामा पहिरो खस्दा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय विष्णु विकको घर पहिरोमा पुरिएको थियो । पहिरोमा परी दुई वर्षीया बालिका रियन्सी विक, ४५ वर्षीय गोरे विक, ६७ वर्षीय हुकुम विक र ६६ वर्षीया मसुरी विकको मृत्यु भएको हो ।
घाइते अवस्थामा उद्धार गरिएका दुईजनाको उपचार जारी छ ।







