काठमाडाैं, साउन १७
नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोहरा नदीको बाढी पसेपछि काठमाडौंको होटल बसेरामा बैठक बसेको हो ।
आजको बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन गर्ने बताइएको छ ।
गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो ।
बैठकमा समसामयिक राजनीतिक अवस्था र सरकारको काम प्रभावकारी बनाउने विषयमा छलफल हुने एमालेले जनाएको छ ।







