काठमाडौं, ९ साउन
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १५ जनाको निधन भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १५ जनाको शव निकालिएको हो ।
जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यसहित ४ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ। उनीहरुको अस्पतालमा उपचार भइरहेको छ।
बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।







