पोखरा, ८ साउन
प्रहरी हुँ भन्दै धम्की दिई रकम माग्ने २१ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१६ बाटुलेचौर बस्ने सुजित क्षेत्री रहेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
क्षेत्रीले सामाजिक संजालमार्फत् सम्पर्कगरी विभिन्न व्यक्तिहरूलाई ‘म जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ, तपाईहरूको केही काम छ भने भन्नुहोस् गरिदिन्छु’ भनी रकम माग गर्ने गरेका थिए ।
अहिले उनलाई ५ दिन म्याद थपगरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।







