चितवन, साउन १
भरतपुर अस्पताल रोडमा निदान प्याथोलोजी खुलेको छ ।
विगत २६ वर्ष देखी प्रयोगशालामा कार्यरत सिनियर टेक्नीसियन टिका प्रसाद पंगेनी र १८ वर्ष देखी निरन्तर सेवारत मोहन तिवारीले निदान प्याथोलोजी नेशनल सिटी हस्पिटल अगाडी शुभ विष्णु भवनमा सञ्चालन गरेका हुन् ।
उक्त निदान प्याथोलोजीमा विभिन्न सेवाहरु उपलब्ध छन् जसमा रगतबाट सुगर, थाइराईड, मृगौलाको जाँच, मुटुको जाँच, कलेजोको जाँच, यूरिक एसिड, बाथ, टाइफाइड, ब्लड ग्रुप, मलेरिया, डेंगु, यौन रोग र दिशापिसाबको जाँच गरिन्छ ।
निदान प्याथोलोजीका सञ्चालक पंगेनीका अनुसार प्याथोलोजीमा दया हेल्थ केयर सेन्टरका वरिष्ठ छालारोग विशेषज्ञ डा. शुभकान्त गौतम, भरतपुर अस्पतालको विभिगीय प्रमुख सिनीयर कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. सुशिल थापा र भरतपुर अस्पतालकै कन्सल्टेन्ट रेडीयोलोजीस्ट डा. सूर्यप्रकाश सापकोटा लगायतको टिमले बिरामीहरुलाई सेवा दिने उनले बताएका छन् ।