चितवन, १ साउन
आज साउन १ गतेबाट चितवन मेडिकल कलेजमा स्वास्थ्य बीमा लागु गरिएको छ । अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरि स्वास्थ्य बीमा सेवा सुरु गरिएको जानकारी दिएको हो।
गत जेठ १८ गते स्वास्थ्य बीमा बोर्ड र अस्पतालबीच बीमा मार्फत् उपचार सेवा दिने भनी सम्झौता भएको थियो ।
बीमा कार्यक्रम अन्तर्गत इमर्जेन्सीमा आउने स्वास्थ्य बीमा गरेका बिरामीहरुलाई रिफर आवश्यक नभएको चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले बताए । उनका अनुसार अन्य बिरामीले भने पहिलो बिन्दु तोकिएको अस्पतालबाट रिफल ल्याउनु पर्दछ। बीमा सुबिधा सीएमसी क्यान्सर इन्स्टिच्युटमा पनि लागु हुनेछ ।
दुई वर्ष अघि सरकारले वजेट भाषण मार्फत सरकारी र सामुदायिक स्वास्थ्य संस्थाले मात्र बीमा कार्यक्रम चलाउने भनेकाले सोही आर्थिक वर्षबाट लागु हुने गरी बीमा कार्यक्रम अस्पतालले रोकेको थियो ।
गुणस्तरीय स्वास्थ्य सेवामा विपन्न नागरिकको पहुँचको सुनिश्चितताका लागि बीमा कार्यक्रम पुन: ल्याइएको निर्देशक डा. लम्सालले बताए ।
बीमा मार्फत उपचार गर्दा बोर्डले तोके अनुसारको २०% रकम भने बिरामीले तिर्नु पर्ने अस्पतालले जनाएको छ ।